Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • विदेशबाट फर्किएर पशुपालन
विदेशबाट फर्किएर पशुपालन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १९, २०८०
gaibhasi
Hardik health
तनहुँ -  तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी विशाल पौडेल विसं २०६९ देखि पाँच वर्षसम्म कतारमा सुपरमार्केटमा काम गरेर नेपाल फर्किनुभयो । विदेशमा काम गर्नुभन्दा स्वदेश फर्किएर उत्पादनमूलक व्यवसायमा लाग्ने उनको सोच थियो । सोचअनुरुप उनले स्वदेश फर्किएपछि केही गरौंँ भनेर साथीहरुसँग सल्लाह गरे । शुक्लागण्डकी नगरपालिका–८ का रुपबहादुर गोतामेले एक वर्ष कतार र आठ वर्ष दुबईमा काम गरे। उहाँ पाँच वर्ष अगाडि नेपाल फर्किए  । नेपालमै केही गरौँ भन्ने भावना उहाँमा पनि थियो । पौडेल र गोतामको सोच मिल्यो र अन्य साथीसँग सल्लाह गर्न थाले ।  शुक्लागण्डकी नगरपालिकाकै विभिन्न वडा घर भई विदेशबाट फर्किएका पाँच युवा र अन्य यहीँका स्थानीय युवाको सहभागितामा वैशाखेघाट लाइभष्टक एग्रो प्रालि सञ्चालनमा आयो । कूल १३ जनाको साझेदारीमा विगत पाँच वर्षदेखि एग्रो प्रालि सञ्चालनमा छ । पौडेल र गोतामेसहित विदेशबाट फर्किएका शुक्लागण्डकी–११ का सुमन गौतम, दिपक सिग्देल र दिपेन्द्र पौडेलको फार्ममा लगानी छ । अन्य आठ जना भने विभिन्न क्षेत्रका व्यक्ति यसमा आबद्ध छन् । उक्त एग्रो प्रालिमा हाल एक सय ५० गाईभैँसी छन् । त्यसमध्ये ३० गाई छन् भने बाँकी भैँसी रहेको एग्रो प्रालिका व्यवस्थापक रहनुभएका विशालले जानकारी दिए  । “उत्पादनमूलक व्यवसाय गर्नुप¥यो भनेर साथीहरुसँग सल्लाह भएबमोजिम पाँच वर्षदेखि एग्रो प्रालि सञ्चालन भइरहेको छ । पाँच जना विदेशबाट फर्किएका युवाहरु छौँ,” उनले भने, “राम्रोसँग गरे पक्कै पनि सफल भइन्छ भनेर उद्देश्य राखेर फार्म सञ्चालन गरिएको हो ।” उहाँका अनुसार ५० भैँसी र ३० गाई दुधालु छन् । फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ । दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्यसहित ६० गाई थप्ने योजना रहेको पौडेलले सुनाउनुभयो । व्यवसायमा कठिनाइ र सङ्घर्ष रहेको भन्दै पौडेलले भने, “पहिला अर्काको देशमा गएर रोजगारी गर्नुभन्दा अहिले अरुलाई रोजगारी दिन पाउँदा सन्तुष्ट छौँ ।” तर सरकारी निकायबाट कृषि र पशुपालनका लागि त्यतिधेरै वास्ता नगर्दा दुःख लाग्ने गरेको उहाँको गुनासो छ । दाना, चोकर, औषधि उपचारमा सरकारी पक्षको सहयोग हुनुपर्ने उनको माग छ । प्रालिले १७ जनालाई रोजगारी दिएको छ । घाँस काट्न आवश्यकता अनुसार दश जनासम्मलाई रोजगारी दिइएको छ । प्रालिका सञ्चालक रुपबहादुर गोतामेले सरकारी पक्षबाट पशुपालन व्यवसायमा सहयोग नरहेको बताए  । “गाईभैँसी बिरामी पर्दा पालिकाबाट प्राविधिक आउनुहुन्न, बाहिरबाट मगाउनुपर्छ । यति ठूलो फार्म सञ्चालन गरेपछि सरकारी पक्षबाट पनि हेरिदिए हुन्थ्यो भन्ने लाग्छ,” उहाँले भन्नुभयो, “एउटा गाईभैँसी बिरामी भयो भने फोन गरेर अन्यत्रैबाट प्राविधिक बोलाउनुपर्छ ।” उक्त फार्ममा कूल लगानी रु १५ करोड पुगेको छ । त्यसमध्ये बैंकबाट रु दश करोड ऋण लिइएको प्रालिका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए । प्रालिले एक सय २० रोपनी जग्गा खरिद गरेको छ । त्यसमध्ये पशुपालनमा ५० रोपनी जग्गा प्रयोग भएको छ । फार्मबाट उत्पादित दूध शुक्ला कृषि पर्यटन सहकारीमार्फत् बिक्री वितरण हुँदै आएको छ । “दूध बिक्रीमा समस्या छैन, बजारको माग पु¥याउन सकिरहेका छैनाैं, हाम्रो लक्ष्य दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने हो । गाईभैँसी थप्ने लक्ष्य छ”, सिग्देलले भने । प्रालिले गोबर र पिसाब व्यवस्थापन सहितको कामका लागि प्रालिलाई नेपाल लाइभस्ष्टक सेक्टर इन्नोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाइमार्फत् रु एक करोड ७६ लाख अनुदान प्राप्तिका लागि सम्झौता गरेको छ । त्यसमध्ये पचास प्रतिशत लागत साझेदारी प्रालिले बेहोर्नुपर्नेछ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरियामा गैरकानुनीरुपमा रहेका विदेशी कामदारको श्रमअधिकार सुनिश्चित गरिँदै 
कोरियामा गैरकानुनीरुपमा रहेका विदेशी कामदारको श्रमअधिकार सुनिश्चित गरिँदै  आइतबार, भदौ २९, २०८२
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प शुक्रबार, भदौ २७, २०८२
साउदीको सेन्दान इन्टरनेसनलमा कार्यरत श्रमिक आठ महिनादेखि तलबविहीन
साउदीको सेन्दान इन्टरनेसनलमा कार्यरत श्रमिक आठ महिनादेखि तलबविहीन बिहीबार, भदौ २६, २०८२
दोस्रो लटको प्रक्रिया सुरु हुँदा पहिलो लटका ३३ जना करारको प्रतीक्षामा
दोस्रो लटको प्रक्रिया सुरु हुँदा पहिलो लटका ३३ जना करारको प्रतीक्षामा मंगलबार, भदौ २४, २०८२
युएईमा धमाधम वैधानिकीकरण श्रम स्वीकृति दिइँदै 
युएईमा धमाधम वैधानिकीकरण श्रम स्वीकृति दिइँदै  सोमबार, भदौ २३, २०८२
श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन
श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाको सङ्ग्रह (भाग-३)’ विमोचन आइतबार, भदौ २२, २०८२
बोर्डबाट आर्थिक सहायता लिने बढ्दै
बोर्डबाट आर्थिक सहायता लिने बढ्दै आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP