Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार संघको १०० दिन
वैदेशिक रोजगार संघको १०० दिन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १८, २०८०
bairo-pragati
RBB RBB
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ कार्यसमित चयन भएको १०० दिन पुगेको छ । सय दिन पुगेको अवसरमा राजेन्द्र भण्डारी नेतृत्वको संघले लामो व्याख्यासहित १०० दिनमा २२ काम गरेको उल्लेख गरेको छ । संघले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी व्यवसाय र व्यवसायीको हितमा गरेका कार्यहरुको २२ बुँदे प्रगति विवरण र भावी कार्ययोजनासमेत सार्वजनिक गरेको छ । वार्षिक १०० जना कामदार नपठाए इजाजतपत्र नवीकरण नहुने व्यवस्था अन्त्यका लागि संघको निरन्तर प्रयासबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त व्यवस्था खारेजीका लागि प्रक्रिया अघि बढाइएको पहिलो बुँदामा समेटेको छ । त्यस्तै विभिन्न मुलुकको उदाहरण दिँदै वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगारीमा कामदार पठाएबापत लिनपाउने हालको सेवा शुल्क परिमार्जन गरी कामदारले पाउने एक महिनाको तलब बराबरको रकम सेवा शुल्कको रुपमा लिन पाउने व्यवस्था लागू गराउन मागपत्र पेस गरेको प्रगति बुँदा नम्बर २ मा उल्लेख छ । यसैगरी दुतावास नभएका युरोपलागयतका विभिन्न मुलुकको मागपत्र अनलाइनबाटै प्रमाणीकरणको व्यवस्था मिलाउन माग गरेबमोजिम मन्त्रालयले प्रक्रिया अगाडि बढाएको तेस्रो बुँदामा जनाइएको छ । त्यस्तै चौथो र पाँचौं बुँदामा पटक–पटक विज्ञापन गर्नुपर्ने व्यवस्थाको अन्त्य गराउन सफल भएको र वैदेशिक रोजगार व्यवसाय कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०७९ पास गरी कार्यन्वयनको प्रक्रियामा रहेको उल्लेख गरिएको छ । उक्त कोष सञ्चालनमा आएपश्चात् व्यवसायीको क्षमता अभिवृद्धि, वैदेशिक रोजगार व्यवसाय र व्यवसायीको कल्याणकारी कार्य तथा वैदेशिक रोजगारसम्बन्धी अध्ययन अनुसन्धानमा सघाउ पुग्ने संघको भनाइ छ ।यसैगरी नेपालस्थित साउदी अरेबियाको दूतावासले व्यवसायीसँग सम्बन्धित समस्या समाधान गर्न अनाकानी गरिरहेको अवस्थामा संघले पहल गरी समाधान भएको, मलेसियामा नेपाली श्रमिक पठाउँदा व्यवसायीले भोग्नुपरेको समस्याबारे मलेसियन गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको, व्यवसायीका समस्या समाधान गर्न संघभित्रै विभिन्न समिति गठन गरिएको विषयलाई पनि प्रगति विवरणमा समेटिएको छ । संघले गरेको पहलबाट मन्त्रालयले वैदेशिक रोजगार ऐन नियम संशोधन गर्न समिति बनाएको र अन्य सरोकारवालाहरुसँग समन्वय, सहकार्य र छलफल गरी ऐन/नियमावली परिमार्जनका लागि छलफल प्रारम्भ गरिएको उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमा सम्बोधन गर्नुपर्ने वैदेशिक रोजगारसँग सम्बन्धित विषयमा अर्थ र श्रममन्त्रीसँग भएको भेटघाटमा मागपत्र पेस गरिएको बुँदा पनि प्रगति विवरणमा उल्लेख छ । झण्डै ७५० जना व्यवसायीलाई क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सञ्चालन, मलेसियाको मागपत्र प्रमाणीकरण गर्दा अतिरिक्त समय ओभरटाइम उल्लेख गर्दा आइपरेको समस्या समाधान, मलेसियामा केडिएन एक्सपायर भएका मागपत्रहरु नवीकरण गरी कामदार पठाउन सफल, सामाजिक सुरक्षा कोषसँग सम्बन्धित समस्या तथा गुनासो सम्बोधन, बिरामी व्यवसायी चन्द्रसिंह अदैलाई व्यवसायीहरुबाट संकलन गरिएको पाँच लाख रुपैयाँ हस्तान्तरण, विदेशमा मुत्यु भएका व्यवसायी रिञ्जी राईको शव नेपाल ल्याई परिवारलाई हस्तान्तरण गरिएको र क्यालेण्डर प्रकाशनको विषयलाई पनि १०० दिनमा गरिएको कामको प्रगति विवरणमा उल्लेख छ । मलेसियामा कार्यरत कामदारको समस्या समाधान गरिएको, साउदी अरबको मागपत्र प्रमाणीकरण र व्यवसायीका समस्या समाधान गर्न पहल गरिएको, कुवेतमा रहेको नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरणमा हुँदै आएको ढिलासुस्ती अन्त्य गरिएको, संघको पहलमा लामो समयदेखि रोकिएको जापानमा प्रशिक्षार्थी कामदार पठाउनका लागि सूचीकरण खुला गरिएको बुँदागत विवरण सार्वजनिक गरेको छ । यस्तै अन्तिम बुँदाको रुपमा संघले व्यवसायीविरुद्ध परेका उजुरी फरफारकमा पनि उपलब्धि भएको उल्लेख गरेको छ । वर्तमान कार्यसमितिले कामदारप्रति अत्यन्त संवेदनशील भई व्यवसायीविरुद्ध परेका उजुरी फरफारक गरी समस्या समाधान गर्न संघले पहल थालेको जनाएको छ । संघले हालसम्म ७७ वटा उजुरी फरफारक गराई कामदारले तत्काल राहत पाएको, ३३ जना उजुरकर्तालाई छलफल गरी समस्या समाधान गर्न सम्बन्धित इजाजतपत्र प्राप्त कम्पनीमा पठाइएको, कामदारको उजुरीको बेवास्ता गर्ने र उजुरी फरफारक गर्न अनिच्छुक १३ जना व्यवसायीलाई कानुनी प्रक्रिया अघि बढाउन वैदेशिक रोजगार विभागलाई अनुरोध गरिएको जनाएको छ । सय दिनमा २२ बुँदे प्रगति विवरण सार्वजनिक गरेको संघले २० बुँदे भावी नीति तथा कार्यक्रम रहेको जनाएको छ । संघले सेवा शुल्क परिमार्जन (वृद्धि) गराउन छुट्टाछुट्टै इजाजत लिनुपर्ने व्यवस्था अन्त्य गराउन, वैदेशिक रोजगार व्यवसायी कोष सञ्चालनमा ल्याउने, वैदेशिक रोजगार सूचना प्रणालीका (फेइम्स्) समस्या समाधान गर्ने, १०० जना कामदार नपठाए इजाजत नवीकरण नहुने व्यवस्था खारेज गराउन पहल गर्ने, व्यवसायीले व्यवसाय गर्न नपाउने व्यवस्था अन्त्य गर्न पहल गर्ने, विद्यमान ऐन तथा कानुनलाई समयसापेक्ष परिमार्जन गर्न पहल गर्नेेलगायत भावी कार्यक्रम तय गरेको छ । सय दिने कार्य प्रगति प्रतिवेदन र भावी कार्ययोजना प्रस्तुत गर्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार क्षेत्रलाई सम्मानित, मर्यादित र व्यवस्थित बनाउन सबै सरोकार निकायहरुसँग समन्वय र सहकार्य गर्न तत्पर रहेको बताए । यस क्षेत्रमा देखिएका समस्या समाधानलागि संघले निरन्तर आफ्नो भूमिका निर्वाह गर्ने बताए । उनले श्रमिकमैत्री नीतिनियम बनाउनुपर्नेमा जोड दिँदै व्यवसायविरुद्ध हुने सिण्डिकेटको डटेर सामना गर्ने बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
सिण्डिकेटविरुद्ध संघको खबरदारी
सिण्डिकेटविरुद्ध संघको खबरदारी बिहीबार, जेठ १, २०८२
दक्षिण कोरियामा रोजगारी वृद्धि
दक्षिण कोरियामा रोजगारी वृद्धि बुधबार, वैशाख ३१, २०८२
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग बुधबार, वैशाख ३१, २०८२
दक्षिण कोरियाका लागि ‘एनओसी’ स्थगित
दक्षिण कोरियाका लागि ‘एनओसी’ स्थगित बुधबार, वैशाख ३१, २०८२
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, वैशाख ३०, २०८२
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने मंगलबार, वैशाख ३०, २०८२
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो आइतबार, वैशाख २८, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP