काठमाडौं - यूएईले आफ्नो मुलुक विदेशी कामदार कटौती गरेकाे छ । साउदी र मलेसियापछि यूएईले पनि आफ्नो मुलुकका कादारलाई रोजगारीमा प्राथमिकता दिने नीति लिएर विदेशी कामदार कटौती गरेकाे छ ।
यूएईले यस नीति अनुसार आफ्नो मुलुकमा रहेका कम्पनीमा वार्षिक दुई प्रतिशतका दरले स्वदेशी कामदार थप गर्दै लैजानुपर्ने बाध्यकारी प्रबन्ध कार्यान्वयन शुरू गरेको छ ।
यूएईको द नेशनल न्यूजका अनुसार ५० जनाभन्दा बढी कामदार रहेका निजी कम्पनीहरूले समेत आगामी जुन ३० तारिखभित्र तोकिएको प्रतिशतमा स्थानीय नागरिकलाई रोजगार दिन निर्देशन दिएको छ ।
नयाँ व्यवस्थाअनुसार यूएईमा प्रत्येक ६–६ महिनामा कम्तीमा १ प्रतिशतले स्थानीय कामदार थप गर्दै लैजानु पर्नेछ । तोकिएको प्रतिशतमा स्थानीयलाई रोजगारीमा नलगाउने रोजगारदातालाई जरिवाना गरिने पनि उक्त सञ्चारसंस्थाले जनाएको छ ।
यूएई सरकारको नियमले विदेशी नागरिकको कोटा कटौती हुँदै जाने आंकलन गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० ११:२३