Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘बालश्रम निवारण गर्न सरकार प्रतिबद्ध’
‘बालश्रम निवारण गर्न सरकार प्रतिबद्ध’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १२, २०८०
sarad singh_surakshya mantri
Hardik health
काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकार सबै किसिमका बालश्रम निवारण गर्न प्रतिबद्ध रहेको बताएका छन् । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनसँग सोमबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री भण्डारीले सबै प्रकारका बालश्रम निवारण गर्न प्रतिबद्ध रहेको बताएका हुन् । भेटका क्रममा मन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारीमा आएपश्चात् आन्तरिक एवं वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने सन्दर्भमा प्राप्त अवसरहरुको अधिकतम उपयोग गर्दै चुनौतीहरुलाई क्रमशः न्यूनीकरण गर्दै लैजाने बताए । उनले अमेरिकन सरकारका तर्फबाट युएसआइडी, एमसिसीजस्ता परियोजनामार्फत नेपालको विभिन्न क्षेत्रमा प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरे । मन्त्री भण्डारीले अमेरिकाको श्रम विभागले सार्वजनिक गरेको प्रतिवेदनको सन्दर्भमा नेपाल बालश्रम निवारण गर्न प्रतिबद्ध रहेको बताउँदै नेपालले आफ्नो प्रतिवेदनसमेत अमेरिकाको श्रम विभागमा प्रेषित गरेको राजदूत थम्पसनलाई जानकारी गराए । यसैगरी रोजगारीको क्षेत्रमा देखापरेका विविध समस्या, चुनौती, ठगीलगायतका विषयलाई न्यूनीकरण गर्न आफू निरन्तर लागिरहेको बताउँदै उनले सीपयुक्त जनशक्ति उत्पादन गर्ने र विशिष्टीकृत सीपलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनु आफ्नो प्राथमिकतामा रहेको बताए । द्विपक्षीय भेटका क्रममा राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच विविध क्षेत्रमा भएको सहकार्य प्रशंसनीय रहेको बताउँदै एमसिसी परियोजना सहजरुपमा अगाडि बढेकोमा खुसी व्यक्त गरे । उनले युएसआइडी कार्यक्रमको समयावधि थप भएको जानकारी गराउँदै वैदेशिक रोजगारीका क्रममा देखापर्ने मानव तस्करीलगायतका समस्या समाधानका लागि नेपालले चाल्ने कदममा अमेरिकी सरकारको सदैव सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे । राजदूत थम्पसनले वैदेशिक रोजगारीमा नेपाली श्रमिकहरुले प्रदर्शन गरेको अनुशासन एवं इमान्दारिताको उच्च प्रशंसा गरेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP