काठमाडौं– वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन गरेको अभियोगमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रोजगारीको लागि भन्दै पीडितलाई ओमान पु¥याई मानव बेचबिखन गरेको अभियोगमा शुकराज लिम्बू र विष्णु तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
इलाम फाकफोकथुम गाउँपालिका–६ घर भई काठमाडौं गौरीघाट बस्ने ४० वर्षीय लिम्बू र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ घर भई ललितपुर भँैसेपाटी बस्ने ४५ वर्षीय तामाङले पीडितलाई ओमान पु¥याई बिक्री गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरुले पीडितलाई ‘फ्रि भिसा, फ्रि टिकट’को प्रलोभन देखाई आकर्षक आम्दानी हुने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमान पु¥याएको बताइएको छ ।पीडितलाई ओमान पुर्याई ३५ सय रियलमा ओमानी घर मालिकलाई बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
मालिकले शारीरिक तथा मानसिक यातना दिई आफ्नो घर तथा अफिसको काममा लगाई शोषण गरेको भन्ने सूचनाको आधार त्यहाँस्थित नेपाली दूतावासले उद्धारको पहल गरेको थियो । दूतावासको सहयोगमा नेपाल फर्किन सफ पीडितको जाहेरीका आधारमा लिम्बू र तामाङलाई पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ ।
पक्राउ परेका उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० १०:४१