Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दुई सातामा १३७ जनाले लिए टेलिमेडिसिन सेवा
दुई सातामा १३७ जनाले लिए टेलिमेडिसिन सेवा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २८, २०७९
Bairo board
Hardik health
काठमाडौं -  वैदेशिक रोजगार बोर्ड सचिवालयले वैदेशिक रोजगारीमा रहेकाहरुलाई लक्षित गरी टेलिमेडिसिन सेवा सुरु गरेको करिब दुई हप्तामा १३७ जना नेपाली कामदारले सेवा लिएका छन् । बोर्ड सचिवालयले रोजगारीका लागि विभिन्न गन्तव्य मुलुकमा पुगेका नेपाली श्रमिकहरुले आफ्नो स्वास्थ्य समस्या समाधानका लागि टेलिमेडिसिन सेवा लिएको उल्लेख गरेको हो । बोर्डले यही चैत १५ गतेदेखि विदेशमा रहेका नेपाली कामदारहरुलाई स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्यले वीर अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको थियो । यो सेवाका लागि सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया र कतारमा रहेका नेपाली कामदारले टेलिफोन सम्पर्क गरेको बोर्डले जनाएको छ । त्यस्तै मलेसियाबाट थोरै कामदारले मात्रै उक्त सेवा लिएको बताइएको छ । ‘सरदरमा दैनिक १५ देखि २० जनाले आफ्नो स्वास्थ्य समस्याबारे जानकारी लिन फोन सम्पर्क गरिरहेका छन्,’ बोर्डका निर्देशक एवं सूचना अधिकारी राजन पौडेलले भने, ‘स्वास्थ्यसम्बन्धी गम्भीर समस्या देखिएका १३ जनालाई विशेषज्ञ सेवा दिइसकेका छौं ।’ आगामी दिनमा स्वास्थ्य परामर्श तथा विशेषज्ञ सेवा लिने कामदारको संख्या उल्लेख्य मात्रामा बढ्ने देखिएको उनले जानकारी दिए । बोर्डले विदेशमा रहेका नेपाली कामदारले ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा भाइवर, ह्वाट्सएप वा इमोमार्फत फोन गरी आफ्नो स्वास्थ्य समस्या राख्न सक्ने व्यवस्था गरेको छ । यसका लागि उनीहरुले सार्वजनिक विदाको दिनबाहेक नेपाली समयानुसार विहान १० देखि बेलुका ५ बजेसम्म सम्पर्क गर्न सक्ने जनाइएको छ । सेवा प्रवाहका लागि खटिएका मेडिकल अधिकृतले फोनमार्फत नै कामदारको स्वास्थ्य समस्या र जिज्ञासा हल गर्ने प्रयास गर्ने छन् । यदि मेडिकल अधिकृतले समाधान गर्न नसक्ने स्वास्थ्य समस्या भएमा रोगका लक्षणअनुसार बिरामीलाई विशेषज्ञ डक्टरबाटै समस्या समाधानका लागि परामर्श दिइनेछ । जटिल स्वास्थ्य समस्या भएका बिरामीले प्रत्येक हप्ता आइतबार र शुक्रबार विशेषज्ञ सेवा लिन सक्ने बोर्डले जनाएको छ । निरन्तर सञ्चालन हुने यस कार्यक्रमबाट रोजगारीका लागि विदेशमा रहेका नेपालीहरु लाभान्वित हुने पौडेलले बताए ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP