Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ठगी प्रकरणमा थप एक जना पक्राउ
ठगी प्रकरणमा थप एक जना पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २७, २०७९
handcuff
Hardik health
काठमाडौं -  वैदेशिक रोजगारीको सिलसिलामा नेपाली श्रमिकको मृत्यु भएमा प्राप्त हुने बिमा रकम ठगी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु भएका आफन्तले पाउने बिमा रकम ठगीमा संलग्न रहेको अभियोगमा सूर्यज्योति जीवन बिमा कम्पनीमा कार्यरत उमेश बुढाथोकीलाई पक्राउ गरिएको हो । बिमा कम्पनीमा जुनियर अधिकृतको रुपमा कार्यरत बुढाथोकीले बिमा रकम ठगीमा सहजीकरण गर्ने गरेको बुझिएको छ । यसअघि प्रहरीले बिमा रकम ठगीमा संलग्न एक जना सरकारी कर्मचारीसहित सात जनालाई पक्राउ गरेको थियो । प्रहरीले ठगीमा संलग्न गिरोहको बयानका आधारमा वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा (नासु) पशुपति अधिकारीलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुकै थप बयानबाट बिमा कम्पनीमा कार्यरत बुढाथोकीको पनि संलग्नता खुल्न आएपछि नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताए । प्रहरीले शुक्रबार नै पत्रकार सम्मेलन गरी बिमा रकम ठगीधन्दामा सलग्नहरुलाई सार्वजनिक गरेको थियो । पक्राउ परेकाहरुले विदेशमा मृत्यु भएकाहरुको परिवारलाई प्रभावमा पारी सरकारी व्यवस्थाअनुसार स्वतः प्राप्त हुने बिमा रकमको (१३–१४ लाख रुपैयाँ) ५० प्रतिशतभन्दा बढी अर्थात् आठ लाख रुपैयाँसम्म ठगी गरेको खुल्न आएको प्रहरीले उल्लेख गरेको छ । सरकारले वैदेशिक रोजगारीको क्रममा विदेशमा नै मृत्यु भए मृतकका परिवारलाई १४ लाख रुपैयाँ र नेपाल फर्किएर एक वर्षभित्र मृत्यु भएमा १३ लाख रुपैयाँ दिने व्यवस्था गरेको छ ।ठगीमा संलग्नहरुले बोर्डका नासु अधिकारीसँग आवश्यक सूचना लिने र मृत्यु भएका व्यक्तिको परिवारसम्म पुगी बिमा रकम भुक्तानीका लागि सहयोग गरिदिने भन्दै प्रभावमा पार्ने गरेको पाइएको छ । नासु अधिकारी एक हप्ताअघि मात्रै श्रम, रोजगार तथा सामाजिक मन्त्रालयबाट बोर्डमा सरुवा भएका कर्मचारी हुन् । उनले मन्त्रालयमा हुँदादेखि नै ठगीमा संलग्नहरुलाई आवश्यक सूचना उपलब्ध गराउँदै आएको बताइएको छ ।ठगी गर्ने गिरोहले विदेशमा मात्र नभई नेपाल फर्किएर मृत्यु भएका मृतकका परिवारलाईसमेत प्रभावमा पार्ने र बिमा रकममा ठगी गर्ने गरेको देखिएको छ । उनीहरुले धेरैजसो मधेस प्रदेशका व्यक्तिलाई लक्षित गरेको र मृतकका परिवारलाई काठमाडौं ल्याएर राखी बिमा रकम भुक्तानी गराई ठगी गर्ने गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ । प्रहरीले अहिलेसम्म बोर्डका नासु अधिकारी, बिमा कम्पनीका कर्मचारी बुढाथोकीसहित रामबहादुर तामाङ, विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रवीन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले गरी ८ जनालाई पक्राउ गरेको छ ।  
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP