Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कठिन श्रम गर्नेहरुप्रति राज्यले आफ्नो उत्तरदायित्व पूरा नगरेको सांसदको भनाइ
कठिन श्रम गर्नेहरुप्रति राज्यले आफ्नो उत्तरदायित्व पूरा नगरेको सांसदको भनाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २४, २०७९
Hardik health
काठमाडौं-  वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरुको समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने आवाज संघीय संसद्मा उठेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उक्त विषय उठाएका हुन् । उनीहरुले श्रम आप्रवासन र वैदेशिक रोजगारीमा समस्या भोगिरहेका नेपाली श्रमिकहरुको सहयोग, उद्धार र सहजीकरणका लागि सरकारले यकीन तथ्यांक संकलन एवं ठोस कदम चाल्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकका जेलमा रहेका नेपालीहरुको तथ्यांक राख्न र उनीहरुलाई सकुशल स्वदेश फिर्ता गराउन नसकेकोमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले जेल जीवन बिताइरहेका नेपालीहरुलाई छुटाउन सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरिन् । शून्य समयमा बोल्दै सांसद कोइरालाले गन्तव्य मुलुकमा स्वास्थ्य समस्यामा परेकाहरुको उपचारमासमेत ध्यान दिन आग्रह गरिन् । श्रम आप्रवासन श्रमिकका लागि मात्र नभई देशकै लागि आवश्यक रहेकोप्रति सरकारले नै प्रतिवेदन सार्वजनिक गरिसकेको बताउँदै उनले श्रमिकलाई तत्काल राहत हुनेगरी ठोस कदम चाल्न आवश्यक रहेको उल्लेख गरिन् । उनले सरकारले अहिलेसम्म विदेश गएका नेपालीको यकीन तथ्यांक राख्न नसकेको भन्दै यसतर्फ पनि ध्यान दिन आग्रह गरिन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले रोजगारीका लागि विदेश पुगेर विविध समस्यामा पर्ने र दुर्घटना परी अंगभंग भएर फर्किएकाहरुलाई सरकारले नहेरेको बताए । विदेशमा काम गर्ने नेपाली श्रमिकहरुको समस्याप्रति सरकारले कुनै काम नगरेको उनको दाबी छ । सिंहले विदेशबाट बाकसमा शव फर्किएका नेपालीका परिवारका लागि के सोचेको छ ? भन्दै प्रश्नसमेत उठाए । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रकमकै कारण नेपाल असफल राष्ट्र हुनबाट जोगिएको सिंहले बताए । नेपालीले कमाएको रकम नपठाएको भए मुलुक श्रीलंका वा पाकिस्तानभन्दा अगाडि नै संकटमा परिसक्ने धारणा राखे । विदेशमा रगत पसिना बगाएर कमाएर स्वदेश पठाउने तिनै लाखौं नेपालीकै कारण सांसदहरुले पनि तलवभत्ता खाइरहेको नबिर्सिन सांसद सिंहले आग्रह गरे । कठिन श्रम गर्नेहरुप्रति राज्यले आफ्नो उत्तरदायित्व पूरा नगरेको उनको भनाइ थियो । ‘अंगभंग भएर फर्केकाहरुको पक्षमा, मृत्यु भएका परिवारलाई राहत दिने सम्वन्धमा सरकार मौन देखिन्छ,’ सांसद सिंहले भने, ‘मृत्यु भएकाहरुको बालबालिका, विधवा श्रीमती, बाबुआमाहरुका लागि यो सरकारले के गरेको छ ?’ वर्तमान सरकारले अयोग्य लडाकूका नाममा करोडौं रकम पुनः वितरण गरेकोमा पनि सिंहले असन्तुष्टि जनाए । उनले त्यो रकम बाकसमा शव फर्किएकाहरुका परिवार, अंगभंग भएर स्वदेश फर्केकाहरुलाई राहत दिन प्रयोग गरिएको भए तिनिहरुले सरकारको जयजय गर्ने थिए भन्दै वैदेशिक रोजगारमा गएकाहरुको योगदानलाई नभुल्न आग्रह गरे ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पनि रोजगारीको सिलसिलामा विदेशी जेलमा भएको आफन्त खोज्न परिवारका सदस्यहरुलाई सकस परिरहेको बताए । यसको सहजीकरणका लागि उनले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए । विदेशबाट ल्याएको शवको बाकससमेत फोरिएको भन्दै ढकालले गरगहना वा अरु केही सामान छ कि भनेर बाकस फोरिनुले हाम्रो समाज कता जाँदै छ भन्ने प्रश्न गरे । ०००००
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP