Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेशमा रहेका श्रमिकको सूचीकरण गरिँदै
विदेशमा रहेका श्रमिकको सूचीकरण गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ७, २०७९
samajik-surakshya-kosh
Hardik health
काठमाडौं - सरकारले वैदेशिक रोजगार तथा स्वरोजगारमा रहेका नेपाली श्रमिकहरुको सूचीकरण आरम्भ गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको सामाजिक सुरक्षा कोषले विदेशमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण आरम्भ गर्न लागेको हो । कोषले भोलि बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै विदेशमा रहेका रोजगार तथा स्वरोजगार नेपालीहरुको सूचीकरण आरम्भ गर्ने जनाएको छ । कार्यक्रमको उद्घाटन श्रम मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार स्थापित कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत आबद्ध गराउँदै सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने उद्देश्यले सूचीकरण कार्यक्रम ल्याइएको जनाएको छ । वैदेशिक रोजगारी तथा स्वरोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन बनेको कार्यविधि, २०७९ अनुसार औपचारिकरुपमा सूचीकरण आरम्भ गर्न लागिएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । ‘कार्यविधि बनेको तीन महिनापछि कार्यान्वयनमा जाने व्यवस्था भएअनुसार बुधबारबाट सूचीकरणको कार्य सुरु हुनेछ,’ उनले भने, ‘अब श्रमका लागि विदेश जाने प्रत्येक नेपालीले सुरक्षा कोषमा अनिवार्य आबद्धता जनाउनुपर्नेछ, अन्यथा श्रम स्वीकृति पाइने छैन ।’ विदेशमा काम गर्ने नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समावेश गर्ने उद्देश्यले काम गरिरहेको उल्लेख गर्दै प्रवक्ता पन्थीले सूचीकरण सुरु भएपश्चात् सामाजिक सुरक्षा योजनाबाट थुप्रै श्रमिक लाभान्वित हुने बताए । उनका अनुसार हाल विदेशमा रहेका श्रमिकहरुले सामाजिक सुरक्षा योजनामा आबद्ध हुन कोषको अनलाइन प्रणाली ‘सोसिस’मार्फत आवेदन दिन सक्ने छन् । त्यस्तै नयाँ श्रम स्वीकृति लिएर विदेश जानेहरुका लागि अनिवार्य कोषमा आबद्ध हुनुपर्ने प्रावधान राखिएको छ । कोषमा आबद्ध भएको प्रमाणित भएपछि मात्रै वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिने फेइम्स् प्रणाली विकास गरेको छ भने विदेशमा रहेर पनि कोषमा योगदान नगर्नेहरुलाई पुनः श्रम स्वीकृति लिने बेला अनिवार्य आबद्ध हुनुपर्ने कोषले जनाएको छ । विदेशमा रहेका श्रमिकहरुले कोषबाट प्राप्त सुविधा प्रयोजनका लागि पछिल्लो एक वर्षमा नौ महिना वैदेशिक रोजगारीमा रहेको हुनुपर्नेछ । वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगार गरिरहेका नेपालीहरुका लागि आइएलओ अभिसन्धि १०२ मा आधारित भएर योजना कार्यान्वयन गरिने कोषले जनाएको छ ।  
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP