Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • फागुनमा करिब ६२ हजारले लिए श्रम स्वीकृति :मलेसिया अग्रस्थानमा कायमै
फागुनमा करिब ६२ हजारले लिए श्रम स्वीकृति :मलेसिया अग्रस्थानमा कायमै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ६, २०७९
Bairoo
Hardik health
काठमाडौं -  चालु आर्थिक वर्षको आठौं महिना अर्थात् फागुनमा वैदेशिक रोजगारीका लागि करिब ६२ हजार नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा रोजगारीका लागि विदेश जान ६१ हजार ८४५ जना नेपालीले अन्तिम श्रम स्वीकृति लिएका हुन् । विभागको तथ्यांकअनुसार फागुनमा रोजगारीका लागि विदेशिने नेपालीहरुको संख्या माघको भन्दा दुई हजार ४३९ ले कम हो । माघमा ६४ हजार २८४ जनाले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ । यसभन्दा अघिल्लो महिना पुसमा ६५ हजार ४६४ जनाले श्रम स्वीकृति लिएका थिए । अझ मंसिर महिनामा ६८ हजारभन्दा बढीले श्रम स्वीकृति लिएको देखिन्छ । गत आर्थिक वर्षबाट पुरानै लयमा फर्किएको वैदेशिक रोजगारीको यात्रा मंसिरबाट खस्किँदै गएको विभागको तथ्यांकले देखाएको छ । चालु आवको सुरुआतदेखि नै पहिलो गन्तव्य बनेको मलेसिया जाने नेपाली कामदारहरुको संख्या पनि खस्किँदै गएको देखिएको छ । माघ महिनाको तुलनामा फागुनमा ४१ जना बढी अर्थात् १९ हजार ८२४ जनाले श्रम स्वीकृति लिए पनि अघिल्ला महिनाहरुको तुलनामा न्यून रहेको विभागको तथ्यांकमा उल्लेख छ । पुसमा २० हजार ३३९ र मंसिरमा ३० हजार ५४० जनाले मलेसिया जना श्रम स्वीकृति लिएका थिए ।यद्यपि, विभागले दिएको श्रम स्वीकृतिको आधारमा विदेशिने नेपालीहरुका लागि अझै पनि मलेसिया अन्य मुलुकभन्दा अग्रस्थानमा रहेको छ । गत आवमा पाँचौं श्रम गन्तव्य बन्न पुगेको मलेसियाले यस वर्ष निरन्तर पहिलो स्थान ओगटेको छ । आप्रवासी कामदारको चर्को अभाव झेलिरहेको मलेसियाले नेपाली कामदारलाई प्राथमिकता दिँदै आएको छ भने नेपालबाट अधिक कामदार आपूर्ति गर्ने नीति लिएको छ ।यसैगरी फागुन महिनामा रोजगारीका लागि कतार जान ११ हजार ३०३ जनाले श्रम स्वीकृति लिएका छन् । कतार जाने नेपालीहरुको संख्यामा पनि क्रमिकरुपमा गिरावट आएको देखिन्छ । विभागको तथ्यांकअनुसार कतार जान गत माघ महिनामा १२ हजार ७०४ जनाले स्वीकृति लिएका थिए भने अघिल्लो पुस महिनामा १३ हजार ६६ जनाले श्रम स्वीकृति लिएको उल्लेख छ । यस्तै संयुक्त अरब इमिरेट्स (युएई)मा नौ हजार ७९५, साउदी अरेबियामा नौ हजार ५०३ र कुवेतमा दुई हजार ४६२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । साउदी र कुवेत जाने नेपालीको संख्यामा गत महिनाभन्दा गिरावट आएको देखिन्छ । उल्लिखित यी पाँच देशमा जाने नेपाली कामदारको संख्यामा कमी आए पनि वैदेशिक रोजगारको ठूलो हिस्सा ओगटेको विभागको तथ्यांकले देखाएको छ ।त्यस्तै माल्टामा २७०, रोमानियामा एक हजार ७०, पोल्याण्ड ६००, बहराइनमा ५९५, जापानमा ८७१, क्रोएसियामा ५५७, साइप्रसमा ४५५ र ओमानमा ४६५ जनाले रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएर युरोपेली मुलुक जाने नेपालीको संख्या पनि घट्दै गएको विभागको तथ्यांकले देखाएको छ । यस्तै इपिएस प्रणालीबाहेक श्रम स्वीकृति लिएर दक्षिण कोरिया जाने नेपालीको संख्या दुई हजार २२७ रहेको छ ।विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने २४ हजार ८५१ जना छन् । पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३६ हजार ९९४ जना रहेको छ । समग्रमा रोजगारीका लागि विदेश जान फागुन महिनामा श्रम स्वीकृति लिनेमध्ये पाँच हजार १२६ जना महिला रहेको विभागले उल्लेख गरेको छ ।विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लागतरुपमा धनुषाबाट सबैभन्दा बढी रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ भने झापा दोस्रो स्थानमा रहेको छ । यस्तै मोरङ र सिरहा तेस्रो र चौथो छन् भने महोत्तरी पाँचौ स्थानमा रहेको छ । सुनसरी, सर्लाही, बारा, रौतहट, पर्सा र सप्तरीबाट पनि विदेश जानेको संख्या ठूलो रहेको छ । रुपन्देही, तनहुँ, कपिलवस्तु, मकवानपुर, दाङ, डडेलधुरा, चितवन, बागलुङ, स्याङ्जा र नवलपरासी पूर्वबाट पनि उल्लेख्य मात्रामा नेपालीहरु विदेश गएको विभागले जनाएको छ । उल्लिखित जिल्लाहरुबाट एक हजारदेखि तीन हजार २०० को हारहारीमा रोजगारीका लागि नेपालीहरु विदेसिएका छन् । चालु आर्थिक वर्षको सुरुदेखि नै रोजगारीका लागि विदेशिने नेपालीको संख्यामा वृद्धि हुँदा यो आठ महिनाको अवधिमा पाँच लाख ४२ हजारले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा बढी कात्तिक महिनामा ७८ हजार बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ । स्रोतः वैदेशिक रोजगार विभाग
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०९:२१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP