Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आप्रवासी कामदारलाई क्षतिपूर्ति दिन फिफामाथि दबाब
आप्रवासी कामदारलाई क्षतिपूर्ति दिन फिफामाथि दबाब
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ३, २०७९
qatar
Hardik health
काठमाडौं– फिफा विश्वकप–२०२२ आयोजनाको दौरान कतारले आप्रवासी कामदारमाथि चर्को शोषण गरेको र क्षतिपूर्ति दिनुपर्ने कुरा पुनः उठेको छ । श्रम शोषणमा परेका आप्रवासी कामदारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाले फुटबलको सर्वोच्च निकाय फिफामाथि दबाब बढाएको हो । ह्युमन राइट्स वाचले रुवाण्डामा बिहीबार फिफाको ७३औं सम्मेलन सञ्चालन हुनुअघि एक विज्ञप्ति जारी गर्दै श्रम शोषणमा परेका आप्रवासी कामदारलाई क्षतिपूर्ति दिलाउन पुनः अपिल गरेको छ । उक्त संस्थाले यसअघि पनि विश्वकप २०२२ सुरु हुनु अगाडि कामदारलाई क्षतिपूर्ति दिलाउन फिफालाई दबाब दिएको थियो । ह्युमन राइट्सले विज्ञप्तिमार्फत हालै कतारमा सम्पन्न फिफा विश्वकप–२०२२ को आयोजना अगाडि गठन गरिएको कोषमार्फत कामदारलाई क्षतिपूर्ति दिने निर्णय भएको स्मरण गराउँदै कार्यान्वयन गर्न आग्रह गरेको छ । ह्युमन राइट्सको नयाँ अध्ययनले कतारमा विश्वकप फुटबल प्रतियोगिता हुनुपूर्व र प्रतियोगिताको दौरान आप्रवासी श्रमिकमाथि शोषण भएको तथा प्रतियोगिता समाप्त भएपछि पनि त्यो क्रम जारी रहेको उल्लेख गरेको छ । उक्त संस्थाले क्षतिपूर्ति उपलब्ध गराउन कतार सरकारको मात्र नभई फिफाको पनि उत्तिकै दायित्व रहेको बताएको छ । तसर्थ, शोषणमा परेका आप्रवासी कामदारहरु र कतारमा ज्यान गुमाएका श्रमिकका परिवारका सदस्यहरुलाई क्षतिपूर्ति दिन आग्रह गरिएको छ । ह्युमन राइट्स वाचले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रामपुकार सहनीका बाबुको मृत्यु कतारमा मे २०२२ मा भएको थियो र सहनी परिवारले कुनै क्षतिपूर्ति पाएको छैन । रामपुकार अहिले रोजगारीको अन्य विकल्प नभएपछि पुनः वैदेशिक रोजगारीमा जाने योजनामा छन् ।’कतार विश्वकपबाट फिफाले अर्बौं रकम कमाए पनि शोषणमा परेका आप्रवासी श्रमिकहरुलाई क्षतिपूर्ति उपलब्ध नगराएको भन्दै ह्युमन राइट्सले तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको हो । ‘विश्वकप फुटबल प्रतियोगितालाई कतारमा सम्भव बनाउन दिनरात खटेका आप्रवासी श्रमिकहरुले महिनौंको तलब नपाएको, जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य भएको र पत्ता नलागेका कारणबाट मृत्युवरण गर्नुपरेको छ,’ ह्युमन राइट्स वाच, मध्यपूर्वका उपनिर्देशक मिचेल पेजले भनेका छन् ।ह्युमन राइट्सले २०२२ को विश्वकपमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा संलग्न भारत, केन्या र नेपालका १६ आप्रवासी कामदारसँग कुरा गरेको जनाएको छ । उनीहरु नोभेम्बर २०२२ को विश्वकप अघि आफ्ना रोजगारदाताबाट दुव्र्यवहारको सामना गर्ने, कतारमा कामका अवसरहरूमा आएको सुस्तताले गर्दा प्रतिकूल असर परेका र विशेषगरी रोजगारीका लागि उच्च भर्ती शुल्क तिर्नेहरू समावेश गरिएको उल्लेख छ । ह्युमन राइट्सले कामदारहरूलाई उपलब्ध गराइएका कम्पनीका कागजातहरूको समीक्षा गर्दा उनीहरूलाई तिर्नुपर्ने सेवाको अन्त्य–अन्त्यको ठूलो रकम बाँकी रहेको जनाएको छ । ‘यति हुँदाहुँदै पनि कतारले रंगशाला निर्माणका लागि खटिने कामदारको चोटपटक वा मृत्यु वा ज्याला चोरीलाई पनि सम्बोधन गर्दैन । कतारी अधिकारीहरूले कोषको दायरा विस्तार गर्न र सबै योग्य पीडितहरूलाई पहुँचयोग्य बनाउन कुनै अर्थपूर्ण कदमहरू चालेका छैनन्,’ ह्युमन राइट्सले भनेको छ । फिफा सम्मेलनको एजेण्डामा कामदारको क्षतिपूर्तिसहित मानव अधिकारसम्बन्धी जिम्मेवारीको पनि छलफल समावेश रहेको भन्दै उपनिर्देशक पेजले कतार विश्वकपको तयारी र वितरण गर्दा दुव्र्यवहारको सामना गर्ने आप्रवासी कामदारहरूलाई क्षतिपूर्ति दिन ढिला गर्न नहुने र फिफाले लामो समयदेखि रोकिएको कदम चाल्नु महत्वपूर्ण हुने बताए । त्यस्तै फिफाको ७३औं सम्मेलनको पूर्वसन्ध्यामा आठवटा ट्रेड युनियन महासंघहरुले फिफालाई पत्र पठाउँदै शोषणमा परेका आप्रवासी कामदारहरुलाई क्षतिपूर्ति उपलव्ध गराउन माग गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP