Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेशमा अलपत्र परेकालाई सहयोगी बन्दै सामी
विदेशमा अलपत्र परेकालाई सहयोगी बन्दै सामी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २५, २०७९
sami
Hardik health
काठमाडाैं -विदेशबाट कमाएर पठाएको रकमको सही उपयोग गराउन, उनीहरुको परिवारका सदस्यलाई उद्यमशीलता तथा मनोसामाजिक परामर्शका लागि सामीले भूमिका निर्वाह गर्दै आएको वैदेशिक रोजगारीका नेपालीहरुलाई सहयाेगी बनेकाे छ । वैदेशिक रोजगारका क्रममा हुने मानव बेचबिखन तथा ठगी निवारण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत जिल्लाभर सचेतनामूलक कार्यक्रम सामीले  सञ्चालन गर्दै आएकाे छ । घोराही उपमहानगरपालिका–१५ की अनिसा घर्ती १३ वर्षअघि दुवई पुगे। काम ठिकै थियो । कमाइले घरपरिवार धानेकै थियो । अघिल्लो वर्ष बिहान काम गर्न जाने बेलामा उहाँ दुर्घटनामा परेपछि उपचारका लागि एक वर्षसम्म अस्पतालको शैयामा बिताउनु पर्‍यो। त्यो बेलामा अनिसालाई स्वदेश फर्किन मन लागे पनि फर्किन वातावरण सहज भएन । उक्त घटनाबारे परिवारले जानकारी पाएकाले नेपाल ल्याउन पहल गरे पनि सकेनन् । अन्ततः वैदेशिक रोजगार बोर्डअन्तर्गत सुरक्षित आप्रवासन(सामी) कार्यक्रममार्फत उनलाई घरसम्म ल्याउने वातावरण बनाइएपपछि केही महिना अघि मात्रै अनिसा घर फर्किन सके । वैदेशिक रोजगारीका क्रममा अनेक समस्या झेल्न बाध्य भएकाको उद्धारका लागि उक्त कार्यक्रमले निरन्तर पहल गर्दै आएको छ । विदेशमा अलपत्र परेका, मृत्यु भएका, बेसाहारा भएकालगायत विभिन्न समस्यामा परेका नेपालीलाई सामीले घरसम्म ल्याउन पैरवी गर्दै आएकाले श्रम बेच्न गएकाले राहत महसुस गर्न थालेका छन् । विदेशबाट कमाएर पठाएको रकमको सही उपयोग गराउन, उनीहरुको परिवारका सदस्यलाई उद्यमशीलता तथा मनोसामाजिक परामर्शका लागि पनि सामीले भूमिका निर्वाह गर्दै आएको छ । सामी कार्यक्रममार्फत २०७५ असारदेखि २०७९ को तेस्रो चरणसम्म आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका पाँच सय पाँच घटनामध्ये तीन सय ९८ वटा समाधान भएको ७३ वटा प्रक्रियामा रहेको र बाँकी ३४ वटा समाधान हुन नसकेका छन् । न्यायमा पहुँच पुर्‍याउने लक्ष्यका साथ गरिएको निःशुल्क कानुनी सहायताबाट रु सात करोड एकासी लाख ९९ हजार पाँच सय ४१ सहायता उपलब्ध गराउन सफल भइएको वैदेशिक रोजगार बोर्डका दाङ जिल्ला कार्यक्रम अधिकृत विष्णु अर्यालले जानकारी गराए  । घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिकाको सहकार्यमा उक्त कार्यक्रममा सञ्चालन भइरहेको छ । यो वर्षमा मात्रै निःशुल्क कानुनी सहयतामार्फत रु एक करोड ८३ लाख आर्थिक सहायता उपलब्ध गराउन सफल भइएकामा ठगीमा एक सय सात, मृत्यु भएकाका बीस, कारागारमा परेका दस, स्वास्थ्य समस्या भएका आठ, हराएका १५, अलपत्र परेका तीन र अन्य सात गरी एक सय ७० वटा समस्या निःशुल्क कानुनी सहायताका लागि निवेदन दर्ता भएका थिए । सो अवधिमा मात्रै आप्रवासी स्रोत केन्द्रमा एक सय ७० वटा उजुरी दर्ता भएकामा ६० वटाको समाधान भएको र एक सय १० वटा प्रक्रियामा रहेको सामी कार्यक्रमले जनाएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख वीरबहादुर वलीले वैदेशिक रोजगारमा जाने नेपाली ठगिने क्रम नरोकिएकाले यसलाई रोक्न प्रहरीसँगै सरोकारवाला निकाय सबैको सहयोग आवश्यक रहेको बताए । यसैगरी वैदेशिक रोजगारका क्रममा हुने मानव बेचबिखन तथा ठगी निवारण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत जिल्लाभर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइएको, वैदेशिक रोजगारको क्रममा हुने ठगी, मानव बेचबिखनजस्ता कार्यबाट आम सर्वसाधारणलाई सुरक्षित राख्न स्थानीय रेडियो तथा पत्रपत्रिकामा जानकारीमूलक सन्देश प्रसारण तथा प्रकाशित गर्ने गरिएको उहाँले जानकारी दिए । वैदेशिक रोजगारका क्रममा हुने मानव बेचबिखन निवारणका लागि आपसमा प्रभावकारी समन्वय र सहकार्य गर्दै प्रचलित कानुनको परिधिभित्र रही सूचना आदानप्रदान गर्ने, वैदेशिक रोजगारीको क्रममा मानव बेचबिखनका जोखिमका क्षेत्र पहिल्याई सोको निवारणका लागि आफ्ना कर्मचारीलाई सक्षम गराउँदै आवश्यकताअनुसार परिचालन गर्ने, रोजगारीका क्रममा मानव बेचविखनका जोखिम कम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना तथा स्रोत परिचालन गर्ने, आ–आफ्नो क्षेत्राधिकारका विषय सूक्ष्म रूपमा अध्ययन हुने गरेको प्रहरीको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले रोजगारका लागि विदेश जाने कुनै पनि कामदारलाई एजेण्टमार्फत भन्दा पनि आफै जाने देश तथा कामका बारेमा बुझेर जानुपर्ने र सीप अनिवार्य सिक्नुपर्ने बताए। आफू जान चाहेको देश र त्यहाँ पुगेर गर्ने कामका बारेमा यकिन नगरी हचुवाको भरमा वैदेशिक रोजगारीमा जाँदा अनेक समस्या सिर्जना हुने गरेकाले सामी कार्यक्रमबाट परामर्श लिन आग्रह गरे । घोराही उपमहानगरका उपप्रमुख हुमा डिसीले वैदेशिक रोजगारका क्रममा ठगिने क्रम बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न लागि तल्लो तहबाटै सबै जुट्न आवश्यक रहेको बताए । वैदेशिक रोजगार विभागले अनुसन्धानका क्रममा जानकारीमा आएका यस्ता घटनाबारे अनुसन्धान गरी कानुनी सहयोगका लागि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र मानव बेचविखन अनुसन्धान ब्युरोलाई जानकारी उपलब्ध गराउन आग्रह गरे ।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP