कपिलवस्तु -वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेकाे छ । अघिल्लो आर्थिक वर्षको तथ्याङ्कअनुसार श्रम स्वीकृति लिई कपिलवस्तुबाट ८१ हजार ८१५ जना वैदेशिक रोजगारका लागि विदेशिएका छन्।
अघिल्लो आवमा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या हालसम्मकै बढी हो। लुम्बिनी प्रदेशमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको सङ्ख्या आठ लाख ६० हजार ७८५ जना रहेको बताइएको छ।
आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिई जानेको सङ्ख्या छ लाख ३० हजार ९० रहेको जसमा महिलाको सङ्ख्या ४९ हजार १२,आठ प्रतिशत रहेको जनाइएको छ।
आव २०७७/७८ मा वैदेशिक रोजगारीमा मृत्यु हुनेको सङ्ख्या एक हजार २४३ र अङ्गभङ्ग भएका १४३ जना थिए।वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार गत वर्ष कपिलवस्तुका २२ जना वैदेशिक रोजगारीका क्रममा मृत्यु भई शव आएको छ।
नेपालबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ६४ लाख नाघेको स्विस विकास संस्था ‘हेल्भेटास’का कार्यक्रम संयोजक सनतप्रसाद सापकोटाले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९ १९:२८