काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित कार्यसमितिले मंगलबार वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख केशवप्रसाद विमलीसँग भेट गरेको छ ।
संघका अध्यक्ष राजेन्द्र भण्डारी नेतृत्वको टोलीले कार्यालय प्रमुख विमलीसँग परिचयात्मक तथा अन्तक्र्रिया गरेको संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।
उक्त भेटमा कार्यालयबाट प्राप्त गर्ने सेवामा व्यवसायी र कामदारले बेहोर्दै आएको समस्याबारे संघले जानकारी गराएको थियो ।
ती समस्या सम्बोधन गर्न आफू तयार रहेको कार्यालय प्रमुख विमलीले बताएका थिए ।
कार्यालयबाट प्रवाह गरिने सेवालाई सहज बनाउने र यसका लागि संघसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत कार्यालय प्रमुख विमलीले जनाएको महासचिव भुर्तेलले बताए ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९ ०९:११