Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एकभन्दा बढी म्यानपावरमा संलग्न व्यवसायीलाई कारबाही हुने
एकभन्दा बढी म्यानपावरमा संलग्न व्यवसायीलाई कारबाही हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २७, २०७९
baideshik bibhag
Hardik health
काठमाडौं-  वैदेशिक रोजगार विभागले एकभन्दा बढी म्यानपावर कम्पनीको सेयर भएका वैदेशिक रोजगार व्यवसायीमाथि कारबाही अगाडि बढाएको छ । विभागले बिहीबार एक सूचना प्रकाशित गरी एक व्यक्ति एउटाभन्दा बढी संस्थामा सेयर सदस्य हुन नपाउने र त्यस्तो कार्य वैदेशिक रोजगार ऐन–२०६४ विपरीत हुने जनाएको हाे  । विभागले ‘एकाघर सगोलका परिवारका सदस्यको सेयर रहेको एकभन्दा बढी संस्थालाई इजाजतपत्र दिइने छैन’ भन्ने ऐनमा व्यवस्था रहेको उल्लेख गर्दै यदि त्यस्तो भए सात दिनभित्र सेयरको कागजातसहित विभागमा निवेदन पेस गर्न भनेको छ । ‘वैदेशिक रोजगार ऐन, २०६४ को दफा ११ख मा एकाघर सगोलका परिवारका सदस्यको सेयर रहेको एकभन्दा बढी संस्थालाई इजाजतपत्र दिइने छैन भन्ने व्यवस्था रहेको सबैलाई विदितै छ,’ विभागको सूचनामा भनिएको छ, ‘उक्त कानुनी व्यवस्थाको बर्खिलाप हुनेगरी केही व्यक्तिहरु एकभन्दा बढी संस्थामा सेयर सदस्यको रुपमा रहेको भन्ने सुन्नमा आएको हुँदा यदि त्यस्तो रहेको भए एक मात्र संस्थाको सेयर सदस्य रहनेगरी यस विभागमा आवश्यक कागजातसहित सेयर दा.खा.का लागि यो सूचना प्रकाशन भएको मितिले सात दिनभित्र निवेदन पेस गर्नुहुन जानकारी गराइन्छ ।’ विभागले उक्त अवधिमा निवेदन पेस नगर्ने त्यस्ता म्यानपावर कम्पनीको कामकारबाही रोक्का गरी इजाजतपत्र खारेजीको प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिएको छ । उक्त ऐनको दफा ११ख (२) मा ‘यो दफा प्रारम्भ हुँदाको बखत एकाघर सगोलका परिवारका सदस्यको सेयर रहेको एकभन्दा बढी संस्था भएमा यो दफा प्रारम्भ भएको मितिले छ महिनाभित्र एकआपसमा दफा ११क बमोजिम गाभिनुपर्ने उल्लेख छ । दफा ११क मा दुई वा दुईभन्दा बढी संस्था गाभिनेसम्बन्धी व्यवस्था रहेको छ । ऐनको दफा ११ख (२) को व्यवस्थाअनुसार एकै व्यक्तिले एकभन्दा बढी म्यानवापर कम्पनीको सेयर लिएको अवस्थामा त्यस्तो म्यानपावर कम्पनी ऐन प्रारम्भ भएको छ महिना पछि गाभिनुपर्ने थियो । तर, कतिपय व्यवसायीले उक्त ऐनको उल्लंघन गर्दै आएको पाइएको विभागको भनाइ छ । विभागले पनि बल्ल आएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । सोही ऐनको दफा ११ख (३)मा त्यस्तो संस्था नवीकरण नहुने स्पष्ट उल्लेख गरिएको भए पनि वर्षौंदेखि नवीकरण भइरहेको देखिन्छ । यसले विभागकोसमेत कमजोरी रहेको देखाउँछ । उक्त ऐनअन्तर्गत दर्ता भएका म्यानपार कम्पनीहरुले वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकलाई विभिन्न मुलुकमा पठाउँदै आएको छ । सरकारबाट इजाजतपत्र लिएका म्यानपावर कम्पनीहरुमध्ये करिब ८०० को संख्यामा हाल सञ्चालनमा रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP