Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘श्रम समझदारीको प्रभावकारी कार्यान्वयन भएन’
‘श्रम समझदारीको प्रभावकारी कार्यान्वयन भएन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १७, २०७९
Hardik health

काठमाडौं-वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले विभिन्न मुलुकहरूसँग श्रम सम्झौता तथा समझदारी गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको यस क्षेत्रका सरोकारवालाले बताएका छन् । मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई) लगायत मुलुकसँग नेपालबाट शून्य लागतमा श्रमिक लिने गरी श्रम समझदारी गरे पनि कार्यान्वयन भने हुन नसकेको उनीहरूको भनाइ छ ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी) सँगको साझेदारीमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सञ्चालन गर्दै आएको रिक्रुटमेण्ट एडभाइजरको प्रगति तथा न्यायोचित भर्ना प्रक्रियाका लागि सरोकारवाला निकायहरूको भूमिकासम्बन्धी छलफल कार्यक्रमका वक्ताहरूले सरकारले अवलम्बन गरेको नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

रिक्रुटमेण्ट एडभाइजरका प्रयोगकर्ता श्रमिकले गरेको मूल्याङ्कनमा ९८ प्रतिशत श्रमिकले भर्ना शुल्क तिरेर रोजगारीमा गएको देखिएको छ । त्यसरी जानेहरूले सरदर प्रतिव्यक्ति रु एक लाख शुल्क तिर्नुपरेको बताएका छन् । कार्यक्रममा दक्षिण एसियाली ट्रेड युनियन काउन्सिल (सार्टुक) का महासचिव लक्ष्मण बस्नेतले गन्तव्य मुलुकका रोजगारदाताले श्रमिकको भर्ना शुल्क आफूले तिरिरहेको बताउने, नेपालका मेनपावर कम्पनीहरूले आफूले रोजगारदाताहरूबाट सेवा शुल्क नपाएको र न्यून लागतमा श्रमिक पठाउन नसक्ने भनिरहेको भन्दै यसमा कहाँ समस्या छ त्यसको खोजी गर्नुपर्ने बताए।

उनले  श्रमिकले रु १० हजार शुल्क तिरेको रसिद प्राप्त गरे पनि व्यवहारमा लाखौँ रुपैयाँ तिर्नुपरिरहेको भन्दै प्रमाणको अभावमा अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउन पनि मुस्किल परेको बताए।नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले मेनपावर कम्पनीले प्राप्त गर्ने सेवा शुल्क व्यवस्थित गर्न जरुरी रहेको धारणा राख ।

उनले श्रमिक पठाउने प्रक्रिया निक्कै झण्झटिलो रहेको भन्दै वैदेशिक रोजगार ऐनको दफा १५ देखि १९ लाई संशोधन गर्नुपर्ने बताए । वर्षमा एक सय श्रमिक पठाउन नसक्ने मेनपावर कम्पनीको दर्ता खारेजी गर्ने प्रावधान गलत भएको भन्दैउनले यसमा पनि संशोधन गर्नुपर्ने जिकिर गरे। जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले एकातिर न्यूनतम शुल्क भन्ने अर्कातिर लाखौँ रकम श्रमिकसँग असुल्ने कार्य रोकिनुपर्ने बताए। शोषणको रूप फेरिएको भन्दै उनले पछिल्लो समयमा विद्यार्थीका नाममा विदेश जानेहरू चर्को आर्थिक शोषणमा पर्ने गरेको बताए। वर्षमा दुई/चार जना श्रमिक पठाएर ढोक्सो थापेर बस्नेहरूको खाँचो नभएको भन्दै वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सम्पूर्ण निकायबीच सहकार्यको खाँचो औंलाए।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) की परियोजना संयोजक नेहा चौधरीले श्रमिकको सूचना र न्यायमा पहुँच अभिवृद्धिका लागि ट्रेड युनियनहरूसँग सहकार्य गर्दै आएको बताए । व्यवसायीहरूको आचारसंहिता परिमार्जनका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घसँग पनि सहकार्य गरिएको उल्लेख गर्दै उनले नेपालमा भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा त्यति धेरै अध्ययन नभएको भन्दै त्यस्ता विषयमा आइएलओले काम गरेको जानकारी दिए । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरि थापाले सरोकारवाला निकायबीचको सहकार्यमा जोड दिए ।उनले श्रमिकको लागत पछिल्लो समयमा अझ बढेको भन्दै सरकार एकातिर सम्झौता समझदारी गर्दै जाने तर अर्कातर्फ श्रमिकको लागत बढ्नु गलत भएको बताए।

कार्यक्रममा रिक्रुटमेण्ट एडभाइजरका दक्षिण एसिया संयोजक सुनिल न्यौपानेले सन् २०१७ देखि सुरु भएको रिक्रुटमेण्ट एडभाइजरमा हालसम्म दुई हजार दुई सय ४४ नेपाली श्रमिकले आफूले सेवा लिएको मेनपावर कम्पनीको समीक्षा गरेको बताए। उनले दक्षिण एसियामा बङ्गलादेश, श्रीलङ्कालगायत मुलुकमा पनि यो कार्यक्रम सञ्चालन रहेको र गन्तव्य मुलुकका रूपमा युरोपेली देशहरूको जानकारी पनि समेट्न सुरु गरिएको जानकारी दिए।


प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ०६:५९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP