Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेशमा रहेका नेपाली मतदानबाट वञ्चित
विदेशमा रहेका नेपाली मतदानबाट वञ्चित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ५, २०७९
Hardik health
काठमाडौं- विदेशमा रहेका लाखौं नेपाली यसपटक पनि मतदानाबाट वञ्चित भएका छन् । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उनीहरुले मतदान गर्न नपाएका हुन् । दलहरुले पटक–पटक विदेशमा रहेका नेपालीलाई त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था गर्ने बताउँदै आए पनि त्यो हुन सकेको छैन । यसबाट लाखौं युवा मताधिकारबाट वञ्चित हुनुपरेको छ । रोजगारी, व्यवसाय तथा उच्च शिक्षाका लागि लाखौं नेपाली विदेशिएका छन् । उनीहरुले आफू कर्मभूमिमा जहाँ रहे पनि नेपालमा हुने निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गर्दै आएका छन् । यस्तो व्यवस्था गर्न राज्य संयन्त्रका साथै दलहरु उदासीन बन्नुको परिणाम उनीहरु मतदानबाट वञ्चित हुनुपरेको एक जना वैदेशिक रोजगार व्यवसायी बताउँछन् । ‘हामी विदेशी भूमिमा काम गर्न आउनु रहरले होइन, बाध्यताले हो । यहाँबाटै निर्वाचनमा मतदान गर्न पाउने अपेक्षा यसपालि पूरा हुने अपेक्षा थियो तर भएन,’ खाडी मुलुक कतारमा पाँच वर्षदेखि कार्यरत मनिकुमार राईले अनलाइन कुराकानीमा भने । गैरआवासीय नेपाली संघले पनि विदेशबाटै मतदान गर्न पाउनुपर्ने आवाज लामो समयदेखि उठाउँदै आएको छ । प्रधानमन्त्री, मन्त्री तथा दलका शीर्ष नेताहरुले संघको विभिन्न कार्यक्रममासमेत मतदानको अधिकार दिलाउने घोषणा गर्दै आएका थिए । तर, निर्वाचन आयोगले यसपालि पनि त्यो व्यवस्था गर्न सकेन ।मुलुकमा आगामी पाँच वर्षका लागि जनप्रतिनिधि चुन्ने निर्वाचन चलिरहेकै दिन आइतबार विदेसिने युवाहरुको भीड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन्थ्यो । त्यही भीडमा भेटिएका असलमान साह मलेसिया जाँदै थिए । सिरहा घर भएका उनी तीन महिनाको बिदा सकेर पुनः मलेसिया जान लागेका थिए । ‘मतदान गर्ने त इच्छा थियो, तर आज जसरी पनि जानुपर्ने भएकाले मतदान गर्न पाइएन,’ साहले भने । तीन वर्ष मलेसिया बसेर बिदामा आएका उनी पुनः जान बाध्य भएको बताए । छोराछोरीको भविष्यका लागि वैदेशिक रोजगारी आफ्नो बाध्यता भएको उनले सुनाए । मकवानपुरका वेदबहादुर लामा भने पहिलोपटक साउदी जान लागेका थिए । उनी पनि मतदान गर्न नपाएकोमा दुःखी भएको सुनाए । साह र लामा जस्तै बाध्यताले विदेशिने धेरै छन् । हाल दैनिक एक हजारभन्दा बढी वैदेशिक रोजगारीका लागि जाने गरेको तथ्यांक वैदेशिक रोजगार विभागको छ । यसरी विदेशिने श्रमिकहरुले पठाउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा महŒवपूर्ण योगदान पु¥याइरहेको छ । तर, उनीहरुले विदेशमै बसेर पनि आफ्नो देशको प्रतिनिधि छान्न पाउने वातावरण बनाइएको छैन । चुनावमा दलहरुले स्वदेशमै रोजगारीको ग्यारेण्टी गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले वैदेशिक रोजगारीको बाध्यतालाई हटाउन आकर्षक योजनाहरु समेटेका छन् । दलहरुले यसरी प्रतिबद्धता जनाएको पहिलोपटक भने होइन । विगतका घोषणापत्रहरु हेर्ने हो भने पनि सोही प्रतिबद्धता दोहोरिँदै आएको पाइन्छ । तर, व्यवहारमा जुन दलले सरकारको नेतृत्व गरे पनि चुनावी प्रतिबद्धता कार्यान्यवन गरेका छैनन् । यसले दलहरुप्रति युवाहरुको आकर्षण ह्वात्तै घटेको यसपालिको निर्वाचनमा देखिएको छ ।यद्यपि, आगामी सरकारमा जुनसुकै दल आए पनि मुलुकमा रोजगारी सिर्जना र विदेशबाट फर्किएकाहरु पुनः विदेशिनु नपर्ने वातावरण बनाउनुपर्ने वैदेशिक रोजगारीमा रहेका युवाहरुको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP