Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियामा श्रमिकका लागि नेपाली दूतावासको घुम्ती सेवा
मलेसियामा श्रमिकका लागि नेपाली दूतावासको घुम्ती सेवा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २, २०७९
Hardik health
काठमाडौं - मलेसियामा रोजगारीका लागि गएका नेपाली श्रमिकको सुविधाका लागि नेपाली दूतावासले घुम्ती सेवा सञ्चालनमा ल्याएको छ । मलेसियाका विभिन्न सहरमा काम गरिरहेका श्रमिकहरुलाई दूतावासले सेवासुविधा दिने उद्देश्यले घुम्ती सेवा सञ्चालनमा ल्याइएको दूतावासले जनाएको छ । राजधानी क्वालालम्पुरबाट झण्डै चार घण्टाको दूरीमा रहेको जोहरवारु सहरमा बुधबारदेखि दूतावासले अस्थायी घुम्ती सेवा सञ्चालनमा ल्याएको छ । उक्त घुम्ती सेवाको उद्घाटन राजदूत डिल्लीराज पौडेलले गरेका थिए । मलेसियास्थित गैरआवासीय नेपाली संघ र अन्य नेपाली संघ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको राजदूत पौडेलले बताए । घुम्ती सेवा उद्घाटनका क्रममा सहभागी नेपाली श्रमिकहरुसँग आफूले पाइरहेको सेवासुविधा र कार्यरत कम्पनीहरुको अवस्थाका बारेमा राजदूत पौडेलले जानकारीसमेत लिएका थिए । उनले नेपाली श्रमिकहरु कार्यरत केही कम्पनीको स्थलगत निरीक्षण एवं सम्बन्धित कम्पनी व्यवस्थापनसँग पनि छलफल गरेको बताइएको छ । विशेषतः सुरक्षा गार्ड तथा सरसफाइसम्बन्धी कम्पनीहरुमा कार्यरत नेपाली श्रमिकहरुको गुनासो आएपछि राजदूत पौडेलले कम्पनी व्यवस्थापनसँग समस्या समाधानका लागि छलफल गरेको दूतावासले जनाएको छ । सुरक्षा गार्ड र सरसफाइसम्बन्धी श्रमिकको समस्या समाधानका लागि दुई देशबीच सन् २०१८ मा भएको श्रम सम्झौता र मलेसियाको श्रम कानुनअनुसार व्यवस्थित गर्न लागिएको राजदूत पौडेलले बताए । उनका अनुसार नेपाली श्रमिक कार्यरत तथा नेपाली श्रमिक माग गर्ने कम्पनीका व्यवस्थापनलाई आवश्यकता परेको खण्डमा दूतावासमा बोलाएरसमेत छलफल गर्ने गरिएको छ । मागपत्रमा उल्लेख भएअनुरुप श्रमिकले पाउनुपर्ने आवास सुविधा, पारिश्रमिक र कार्य समयलाई अक्षरशः पालना गराउन दूतावास कटिबद्ध रहेको जनाएको छ । श्रमिकहरुको सम्मान तथा सेवा सुविधामा सहयोग पु¥याउन आवश्यक कार्य भइरहेको र हाल सुरक्षा गार्ड तथा सरसफाइसम्बन्धी मागपत्र प्रमाणीकरणमा केही ढिला भएको दूतावासले उल्लेख गरेको छ । घुम्ती सेवा उद्घाटनका अवसरमा राहदानीलगायतका दूतावासबाट प्रवाह गरिने विभिन्न सेवाहरु प्रदान गरिएको दूतावासले जनाएको छ । एक हजारभन्दा बढी नेपाली उपस्थित भएको कार्यक्रममा २८० जनाभन्दा बढी नेपाली श्रमिकले राहदानीसम्बन्धी सेवा लिएका थिए ।अहिले मलेसियाले आप्रवासी कामदारको चर्को अभाव खेपिरहेको छ । यही बेला नेपालबाट रोजगारीका लागि मलेसिया जाने नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सुरक्षा गार्ड, कृषि, औद्योगिक क्षेत्र, सेवा क्षेत्रलगायतका क्षेत्रमा नेपालीहरुको बाक्लो उपस्थिति रहेको बताइन्छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै नेपालबाट ८५ हजारभन्दा बढी कामदार मलेसिया पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । उल्लिखित क्षेत्रमा नेपाली कामदारको माग उच्च रहेको दूतावासले उल्लेख गरेको छ । रोजगारीको अवसर बढेसँगै समस्याहरु पनि थपिने भएकाले यसको निराकरणका लागि निरन्तर पहल भइरहने दूतावासले प्रतिबद्धता जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  ०९:१९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP