Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • समयमै श्रम स्वीकृति नवीकरण गर्न मन्त्रालयको आग्रह
समयमै श्रम स्वीकृति नवीकरण गर्न मन्त्रालयको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २९, २०७९
sram mantralaa
Hardik health
काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई समयमै श्रम स्वीकृति नवीकरण गर्न आग्रह गरेको छ । प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले अनिवार्यरुपमा श्रम स्वीकृति लिनैपर्ने व्यवस्था रहेको जानकारी गराउँदै मन्त्रालयले रोजगारीमा रहँदै वा पुनः विदेश जानुपर्ने भएमा श्रम स्वीकृतिको अवधि समाप्त हुने अवस्थामा नवीकरण गरिहाल्न आग्रह गरेको हो । ‘एकपटक श्रम स्वीकृति लिई विदेशमा रोजगारीमा गएपछि श्रम स्वीकृतिको अवधि कायमै रहेको अवस्थामा नेपालमा फर्की पुनः सोही मुलुकको सोही काममा जाँदा पुनः श्रम स्वीकृति लिनु नपर्ने तर एकपटक लिएको श्रम स्वीकृतिको अवधि समाप्त भएपछि पुनः विदेशमा रोजगारीको लागि जानुपरेमा श्रम स्वीकृति नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ,’ मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले श्रम स्वीकृति नवीकरणमा सचेत गराउँदै श्रम स्वीकृतिको अवधि सकिएपछि विदेशमा कुनै पनि कारणले मृत्यु भएमा वा अन्य कुनै अकल्पनीय घटना भई गम्भीर बिरामी भएमा कानुनबमोजिम वैदेशिक रोजगार कल्याणकारी कोषको रकम र बिमाबापतको रकम दाबी गर्नसक्ने कानुनी अवस्था नरहने स्पष्ट गरेको छ । वैदेशिक रोजगार ऐन,२०६४ ले व्यवस्था गरेअनुरुप वैदेशिक रोजगारीमा रहँदा भवितव्य परी मृत्यु भएमा श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा दाखिला गरेको रकम र विदेश जानुपूर्व नेपालमा नै गरेको बिमाबाटै शवको व्यवस्थापन गर्ने र परिवारलाई कानुनले तोकेबमोजिमको सेवा सुविधा प्रदान गर्ने व्यवस्था रहेको मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता डा. थानेश्वर भुसालले बताए । उनका अनुसार श्रम स्वीकृतिको अवधि सकिएपछि विदेशमा कुनै पनि कारणले मृत्यु भएमा वा अन्य कुनै अकल्पनीय घटना घटी गम्भीर बिरामी भएमा कानुनबमोजिम वैदेशिक रोजगार कल्याणकारी कोषको रकम र बिमाबापतको रकम दाबी गर्न सक्ने कानुनी व्यवस्था छैन ।मन्त्रालयले विदेशमा रोजगारीका लागि गएका नेपालीहरुले आफूले लिएको श्रम स्वीकृतिको अवधि समाप्त हुनअघि नै वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत सम्बन्धित मुलुकबाट नै श्रम स्वीकृति नवीकरण गर्न सक्ने जनाएको छ । प्रचलित कानुनबमोजिम नवीकरण गरी आफू र आफ्नो परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गर्न÷गराउन पनि मन्त्रालयले विज्ञप्तिमार्फत अपिल गरेको छ । यसका लागि वैदेशिक रोजगार कल्याणकारी कोष र बिमाबापत दाखिला गर्ने रकम सम्बन्धित देशमा रहेको आफ्नो बैंक खाताबाट सोझै नेपालमा रहेको वैदेशिक रोजगार बोर्ड र सम्बन्धित बिमा कम्पनीको खातामा सोझै पठाउन सकिनेगरी व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ । रोजगारीमा रहेका नेपालीले आफ्नो श्रम स्वीकृतिको म्याद रहे÷नरहेको थाहा पाउन विभागको वेबसाइटमा गई जाँच गर्न सक्ने मन्त्रालयले जनाएको छ ।समयमै श्रम स्वीकृति नवीकरण नगर्दा विदेशमा रोजगारीका सन्दर्भमा विभिन्न पीडा खेप्नुपर्ने, स्वदेश फर्कन कठिन हुने र कतिपय परिस्थितिमा जेल सजायसमेत भोग्नुपर्ने अवस्था आउने गरेको भुसालको भनाइ छ । ‘मलेसियालगायत खाडी मुलुकमा रोजगारीका लागि गएका थुप्रै नेपालीहरुमा समयमै श्रम स्वीकृति नवीकरण नगर्दा विभिन्न समस्या भएको गुनासा आउने गरेका छन्,’ उनले भने, ‘अहिले पनि श्रम स्वीकृति नवीकरण नभएका वा भिसा अवधि नाघेका थुप्रै नेपालीहरु विदेशमा अलपत्र परेका खबरहरु आइरहेका छन् ।’ विदेश गएकाहरुले सहजरुपमा राज्यले दिएको सेवा सुविधाको उपभोग गर्न पाउन् र विविध कारणले अलपत्र परेकाहरुको उद्धारमा कठिनाइ नहोस् भन्ने अभिप्रायले श्रम स्वीकृति नवीकरणका सन्दर्भमा जानकारीका लागि मन्त्रालयले विज्ञप्ति जारी गरेको भुसालले बताए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १६:२४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP