काठमाडौं– वैदेशिक रोजगार विभागले हाल प्रयोगमा रहेको ‘वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेइम्स)’को सुधारका लागि आवश्यक सुझाव माग गरेको छ ।
फेइम्सलाई समयसापेक्ष बनाउन तथा हाल देखापरेका समस्याहरुको समाधान र सुधारका लागि विभागले सरोकारवालाहरुसँग सुझाव मागेको हो ।
फेइम्स प्रणालीसम्बन्धी समस्या तथा नयाँ उपलब्ध गराउनुपर्ने सुविधाहरुकाबारे प्रयोगकर्ताहरुको सुझावलाई समेत समावेश गरी थप प्रभावकारी बनाउने कार्य भइरहेको विभागले जनाएको छ ।
फेइम्स प्रणालीमा सुधार तथा थपघट गर्नुपर्ने विषय र नयाँ विकास गर्नुपर्ने कार्य भए अनलाइनमार्फत मंसिर १० गतेभित्र सुझाव पठाइसक्न विभागले आग्रह गरेको छ ।
विभागले फेइम्स प्रणालीमा वैदेशिक रोजगारीका लागि जानेहरुको व्यक्तिगत तथा संस्थागतरुपमा अनलाइनमार्फत सम्पूर्ण विवरण राख्ने कार्य गर्दै आएको छ ।
विशेषतः म्यानपावर कम्पनीहरुले फेइम्समा समस्या आइरहेको र सुधार गर्नुपर्ने माग गरिरहेका कारण उक्त प्रणालीलाई अझ प्रविधिमैत्री बनाउने उदेश्यले सरोकारवालासँग सुझाव माग गरेको विभागले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९ ०९:३२