Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीमा अदक्ष कामदारको चाप
वैदेशिक रोजगारीमा अदक्ष कामदारको चाप
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १५, २०७९
Hardik health
काठमाडौं– नेपालबाट वैदेशिक रोजगारीमा जानेमा अदक्ष कामदारको चाप अझै हट्न सकेको छैन । वैदेशिक रोजगार विभागको तथ्यांकमा रोजगारीका लागि विदेश जाने अदक्ष कामदारको संख्या उच्च देखिन्छ । विगतदेखि नै रहँदै आएको यो अवस्था अझै कायम रहेको तथ्यांकमा देखिन्छ । विशेषगरी मलेसियालगायत खाडी मुलुकमा अदक्ष कामदारको रुपमा नेपालीहरुले रोजगारीको अवसर पाइरहेका छन् । यिनै मुलुकमा सबैभन्दा बढी अदक्ष कामदारको माग रहेको विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नयाँ र पुनः श्रम स्वीकृति लिएर एक लाख ३० हजारभन्दा बढी नेपाली रोजगारीका लागि साउदी अरेबिया पुगेका छन् । साउदीपछि कतारमा ७५ हजार, युएईमा ४५ हजार, कुवेतमा २२ र मलेसियामा १९ हजारभन्दा बढी नेपाली रोजगारीका लागि गएका छन् ।अधिकांश नेपालीहरु म्यानपावरमार्फत रोजगारीका लागि विदेश गएको देखिन्छ । जसमा व्यवसायीले ९८ प्रतिशतभन्दा बढी अदक्ष कामदारको माग ल्याउने गरेको विभागले औंल्याएको छ । पछिल्लो समय अदक्ष कामदार जाने मुलुकहरुमा रोमानिया, साइप्रस, पोल्याण्ड, माल्टा, क्रोएसियालगायतका देश पनि थपिएका छन् । म्यानपावर कम्पनीहरुले अदक्ष कामदारको माग ल्याउने र सोहीअनुसार नेपाली युवाहरुलाई वैदेशिक रोजगारीका लागि पठाउने गरेको पाइएको छ । आर्थिक वर्ष २०७९/८० सुरु भएसँगै मलेसियामा उच्च दरमा नेपालीहरु रोजगारीका लागि गएका छन् । कोरोना महामारीका कारण दुई वर्षभन्दा बढी समय आप्रवासी कामदार भित्र्याउन बन्देज लगाएको मलेसियामा अहिले नेपाली कामदारको माग र चाप दुवै बढेको छ । साउन र भदौ महिनामा ६० हजारभन्दा बढीले श्रम स्वीकृति लिएर मलेसिया गएका छन् ।यसरी जाने कामदारहरु अधिकांश सबैजना अदक्ष रहेको र व्यवसायीहरुले मागपत्र पनि यस्तै ल्याएको विभागले जनाएको छ । असोज महिनाको विवरण भने सार्वजनिक गरिएको छैन । पारिश्रमिक र अन्य सेवासुविधा दिँदा खासै ठूलो आर्थिक भार नपर्ने हुँदा गन्तव्य मुलुकहरुमा अदक्ष कामदारहरुको माग उच्च रहेको छ । जसका कारण सीप नै नभए पनि वैदेशिक रोजगारीबाट फर्केर नेपालीहरू पुनः मलेसियालगायत खाडी मुलुक जाने गरेका छन् ।चालु आवको साउन र भदौ महिनामा मात्रै मलेसियामा चार हजार ५००, साउदीमा सात हजार ५००, कतारमा १४ हजार ३५०, युएईमा आठ हजार ५००, कुवेतमा दुई हजारभन्दा बढीले पुनः श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ । यसरी पुनः श्रम स्वीकृति लिनेमा अधिकांश अदक्ष कामदार नै रहेको विभागले उल्लेख गरेको छ । धेरै नेपालीहरू मजदुरका रूपमा विदेशिएका छन् । उनीहरुलाई उद्योग/कारखानाका कामदार, सरसफाइ गर्ने कामदार, घरेलु कामदार, निर्माण क्षेत्रका कामदार र सुरक्षागार्डका रूपमा काम लागाइने गरिन्छ ।श्रम गन्तव्य मुलुकको मागअनुसार नै नेपाली कामदारहरुको आपँर्ति हुने गरेको म्यानपावर व्यवसायीहरुको भनाइ छ । सीपयुक्त दक्ष कामदारको माग भए पनि नेपालबाट त्यस्ता कामदारको आपँर्ति गर्न सक्ने अवस्था छैन,’ नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कुमुद खनालले भने, ‘दक्ष कामदारको अभावका कारण हामीले अदक्ष (मजदुरहरु) लाई रोजगारीका लागि पठाउनुपर्ने बाध्यता छ ।’दक्ष जनशक्ति उपलब्ध गराउन नसक्दा अवसर पाए पनि व्यवसायीहरु खुम्चिनुपर्ने उनको भनाइ छ । गन्तव्य मुलुकको मागअनुसार नै नेपालीहरु वैदेशिक रोजगारीका लागि जाने गरेको विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए । ‘अधिकांश नेपालीहरु अदक्ष कामदारको रुपमा विदेश गइरहेका छन्,’ निर्देशक सुनुवारले भने, ‘उनीहरुले पाउने तलब र अन्य सेवासुविधा पनि ज्यादै न्यून छ । बेरोजगारी समस्याका कारण पनि सीप नै नभएका नेपालीहरु विदेशिनुपर्ने अवस्था छ ।’ सरकारले पछिल्लो समय तलब एवं सेवासुविधाका आधारमा आकर्षक श्रमबजारको खोजी गरिरहेको र केही विकसित मुलुकसँग दक्ष जनशक्ति पठाउने सम्बन्धमा श्रम सम्झौतासमेत भइसकेको सुनुवारले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  ०८:४०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP