Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कांग्रेसको संकल्पपत्रमा वैदेशिक रोजगार वैदेशिक रोजगारीको बाध्यात्मक अवस्था अन्त्य गरिने
कांग्रेसको संकल्पपत्रमा वैदेशिक रोजगार वैदेशिक रोजगारीको बाध्यात्मक अवस्था अन्त्य गरिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १३, २०७९
Hardik health
काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुका लागि लाभांश दिने रेमिट परियोजना अगाडि बढाउने घोषणा गरेको छ । शनिबार आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि संकल्पपत्र सार्वजनिक गर्दै कांग्रेसले उक्त घोषणा गरेको हो । संकल्पपत्रमा श्रम कूटनीतिमार्फत वैदेशिक रोजगारीलाई सुरक्षित, सम्माजनक र मर्यादित बनाउँदै विदेशमा कार्यरत नेपाली नागरिकको पेसागत हक र सुरक्षालाई सुनिश्चित गर्न विदेशस्थित कूटनीतिक नियोगलाई थप प्रभावकारीरुपमा परिचालित गरिने उल्लेख गरिएको छ । ‘वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका सम्पूर्ण विकृति–विसंगति नियन्त्रण गरी ठगिनबाट रोक्ने, भनिएबमोजिमको तलब तथा सुविधा र काम उपलब्ध गराउने सन्दर्भमा भइरहेको सम्पू्र्ण अव्यवस्थाको अन्त्य गर्ने छौं,’ कांग्रेसको संकल्प छ । कांग्रेसले नेपालमा औद्योगिक विकास गरी रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीको बाध्यात्मक अवस्था अन्त्य गर्दै जाने योजना अघि सारेको छ । आगामी १० वर्षभित्र अर्थतन्त्रमा रेमिट्यान्सको अंश १० देखि १२ प्रतिशत बिन्दुले घटाउने लक्ष्य संकल्पपत्रमा राखिएको छ । ‘वैदेशिक रोजगार बाध्यता बन्दा अर्थतन्त्रको तुलनामा विप्रेषणको आकार लगभग २३ प्रतिशत हुनु उल्लेख्य छ । अर्को १० वर्षमा यसलाई १०–१२ प्रतिशत बिन्दुले घटाउन स्वदेशमै सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्ने उद्यममैत्री वातावरण बनाउने हाम्रो उद्देश्य छ,’ संकल्पपत्रमा उल्लेख छ । कांग्रेसले नेपाली श्रमिकलाई विदेश पलायन हुन नदिन विभिन्न योजना अघि सारेको छ । ‘श्रम बजारमा बर्सेनि जति सख्ंयामा युवाहरु भित्रिन्छन्, लगभग त्यति नै सख्ंयामा विदेश पलायन भएको अनुमान छ । यद्यपि, नेपालभित्रै सीपमूलक क्षेत्रहरुमा श्रम आपूर्तिको चरम अभाव छ । बाह्य मान्यता हुनेगरी प्राविधिक शिक्षालयहरुको स्तरोन्नति गरी विशेषगरी सबै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र सञ्चालन गर्दै युवाहरुलाई नेपालमै रोजगारी खोज्न प्रेरित गर्ने रणनीति अवलम्बन गर्नेछांै,’ कांग्रेसको प्रतिबद्धता छ । यसैगरी नेपालको गरिबी निवारणमा विप्रेषणको उच्च भूमिकाले अति गरिब, सीमान्तीकृत वर्ग र कूल जनसंख्याको १४ प्रतिशत रहेको दलित परिवारका एक जना सदस्यलाई स्वदेशी वा वैदेशिक रोजगारीको सुनिश्चितता राज्यले गर्न सके ती समुदायका आर्थिक रुपान्तरणमा राज्यको योगदान रहनेसमेत संकल्पपत्रमा उल्लेख गरिएको छ । स्थानीय सरकार र वित्तीय संस्थामार्फत संघीय सरकारको संयुक्त ग्यारेन्टीमा कर्जा सुविधा दिन पहल गर्ने कांग्रेसले जनाएको छ । ‘परिवर्तित जनसांख्यिक विश्व परिस्थितिलाई अवसरको रुपमा लिँदै ‘केयर इकनमी’को क्षेत्रमा पनि बृहत् लाभको रणनीति बनाउनेछ,’ संकल्पपत्रमा भनिएको छ, ‘मध्यम तथा दीर्घकालमा भने श्रम निर्यातबाट व्यापारिक सेवा निर्यातकको रुपमा नेपाललाई रुपान्तरण गर्ने संकल्प गर्दछ ।’
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP