Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #निर्वाचन_आयोग
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #सिसी क्यामेरा
  • #रास्वपा
  • #गगनकुमार थापा
  • #नाकछोङ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पोखरा र बुटवलबाट पनि वैदेशिक रोजगारीका लागि पूर्वस्वीकृति
पोखरा र बुटवलबाट पनि वैदेशिक रोजगारीका लागि पूर्वस्वीकृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक ४, २०७९
Hardik health
काठमाडौं- वैदेशिक रोजगार विभागले श्रम तथा रोजगार कार्यालय पोखरा र बुटवलबाट पनि वैदेशिक रोजगारीका लागि पूर्वश्रम स्वीकृति दिने व्यवस्था गरेको छ । विभागले बिहीबार विज्ञप्ति जारी गरी वैदेशिक रोजगारीमा जाने कामदार र सोसँग सम्बन्धित सरोकारवालाहरुको सहजताका लागि ती दुई स्थानमा रहेका श्रम कार्यालयलाई पूर्वश्रम स्वीकृतिको अधिकार प्रत्यायोजन गरेको जानकारी दिएको हो । यी कार्यालयबाट वैदेशिक रोजगारीमा पठाउन पूर्वस्वीकृतिका लागि प्राप्त निवेदन लिने र पूर्वस्वीकृति दिने कार्य हुने विभागले जनाएको छ ।‘वैदेशिक रोजगारीमा जाने कामदार र सोस“ग सम्बन्धित सरोकारवालाहरुको सहजताका लागि प्रत्यायोजित अधिकारमध्येबाट थप अधिकार उल्लिखित श्रम तथा रोजगार कार्यालयलाई प्रदान गर्दा सेवा प्रवाह सरल हुने भएकोले हाललाई श्रम तथा रोजगार कार्यालय, पोखरा र बुटवलबाट नेपाल राजपत्र (खण्ड ६८, पुस ९ गते, २०७५ साल अतिरिक्तांक ३२) को अधिकार प्रत्यायोजनसम्बन्धी सूचनाबमोजिम राजपत्रको दफा ४ लगायतका सम्पूर्ण कार्य गर्नेगरी अधिकार प्रत्यायोजन गरिएकोले अब उप्रान्त उल्लिखित कार्यहरु तत् तत् कार्यालयहरुबाटसमेत सम्पादन हुनेछ,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विभागका अनुसार पोखरा र बुटवलमा रहेका श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगार ऐन–२०६४ को दफा १५ बमोजिम वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्वस्वीकृतिका लागि प्राप्त निवेदन लिने र पूर्वस्वीकृति दिने काम हुनेछ । यस्तै वैदेशिक रोजगार ऐन, २०६४ को दफा १६ बमोजिम विज्ञापन गरे÷नगरेको सम्बन्धमा नियमित अनुगमन गरी सत्य तथ्य बुझ्ने अधिकार पनि ती कार्यालयलाई दिइएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा १९ बमोजिम तोकिएको संख्यामा नबढ्ने गरी श्रम स्वीकृतिको निस्सा (स्टिकर) का लागि निवेदन लिने र श्रम स्वीकृतिको निस्सा (स्टिकर) दिने काम ती कार्यालयबाट हुने छन् । वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ बमोजिम वैदेशिक रोजगारीका लागि व्यक्तिगतरुपमा विदेश जान चाहनेहरुबाट निवेदन लिने र विभागको प्राप्त निर्णय वा अधिकार प्रत्यायोजन भएअनुसार स्वीकृति दिने अधिकारसमेत ती कार्यालयलाई दिइएको छ । ‘वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३४ बमोजिम इजाजतपत्रवालाका शाखा कार्यालयहरुको अनुगमन तथा निरीक्षण गर्ने, वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४७ र ४८ मा उल्लिखित व्यवस्थाको पालना गरे–नगरेको अनुगमन गर्ने,’ विभागको विज्ञप्तिमा उल्लेख छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागअन्तर्गतका धनगढी, सुर्खेत, पोखरा, जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयलाई वैदेशिक रोजगार सम्बन्धी कार्य गर्नेगरी अधिकार प्रत्यायोजन भएको र सो अनुसार उक्त कार्यालयलाई प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने गरी यसअघि नै अधिकार प्रत्यायोजन भई सोहीबमोजिम कार्य भइरहेको विभागले जनाएको छ । पूर्वश्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसम्बन्धी काम राजधानी केन्द्रित हु“दा श्रमिक र सरोकारवालाले सास्ती व्यहोर्दै आएका छन् । राजधानीबाहिर सेवा विस्तार नगरेकै कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान सञ्चालनमासमेत समस्या हु“दै आएको छ । उक्त विमानस्थलबाट दैनिक उडान भरिरहेको एकमात्र विमान जजिरा एयरवेजले यात्रु नपाएको भन्दै हालै आफ्नो दैनिक उडान कटौती गरेको छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई लक्षित गरी उडान सुरु गरेको जजिराले यात्रु नपाएपछि उडान कटौती गर्नुपरेको जनाएको छ ।यद्यपि, सातामा तीन वटा उडानलाई जजिराले निरन्तरता दिनेछ । जजिराले सुरुदेखि नै श्रम स्वीकृतिलगायत कार्य भैरहवाबाटै हुने व्यवस्था गर्न सरकारस“ग आग्रह गरेको थियो । तिवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भैरहवामा श्रम कार्यालय उद्घाटन गरे पनि त्यहा“बाट श्रम स्वीकृतिको काम हुन सकेको छैन ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  ०७:२९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल आइतबार, पुस ६, २०८२
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी आइतबार, पुस ६, २०८२
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP