Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सहमतिविपरीत कतारले खोल्यो घरेलु कामदारको भिसा
सहमतिविपरीत कतारले खोल्यो घरेलु कामदारको भिसा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १४, २०७९
qatar
Hardik health
काठमाडौं– कतारले नेपाल सरकारसँगको सहमतिविपरीत घरेलु कामदार (महिला तथा पुरुष)का लागि भिसा आवेदन खुला गरेको छ । कतारको आन्तरिक मामिला मन्त्रालयले घरेलु कामदार लिनेगरी भिसा खुला भएको जानकारी दिँदै त्यसका लागि अनलाइन बुकिङ गर्नसक्ने जनाएको हो । काठमाडौंस्थित कतार भिसा सेन्टरले घरेलु कामदारले भिसा आवेदन दिनसक्ने त्यहाँको आन्तरिक मामिला मन्त्रालयको सूचनालाई सार्वजनिक गरेको छ । तर, कतारले यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कुनै जानकारी दिएको छैन । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले यस विषयमा अनभिज्ञता प्रकट गरे । कतारले कसरी एकतर्फी रुपमा घरेलु कामदारका लागि भिसा खुला गरेको सूचना जारी गर्‍यो भन्नेबारे जानकारी नभएको उनले बताए । गत मंसिरमा दुई देशबीच नेपालमा सम्पन्न संयुक्त बैठकले कतारले घरेलु कामदार लैजानका लागि नेपाललाई ‘इम्प्लिमेण्टेसन प्रोटोकल’ अर्थात् अनुरोधपत्र पठाउने र पत्र प्राप्त भइसकेपछि आवश्यक प्रक्रिया पूरा गरी घरेलु कामदार पठाउने व्यवस्था गर्ने सहमति भएको घिमिरेले जानकारी दिए । ‘कतारले घरेलु श्रमका लागि कामदार आपूर्ति गर्न भिसा खुला गर्नु उसको कुरा भयो,’ उनले भने, तर, हामीलाई कुनै जानकारी वा प्रस्ताव नआएका कारण घरेलु श्रमका नेपालीलाई गइहाल भनेर अनुमति दिन सकिँदैन ।’ हाल नेपालबाट घरेलु कामदारका रुपमा कतारमा गई काम गर्न बन्देज छ । कतार मात्र नभई घरेलु श्रममा जाँदा विशेषगरी खाडीका मुलुकहरुमा महिला कामदारमाथि शारीरिक, मानसिक तथा आर्थिक शोषणका समस्या सार्वजनिक भएपछि सरकारले संसदीय समितिको सिफारिसका आधारमा श्रम स्वीकृति दिन रोक लगाएको थियो । त्यसपछि नेपालबाट घरेलु कामदार पठाउन लगाएको प्रतिबन्ध हटाइदिन कतारले गरेको आग्रहलाई द्विपक्षीय संयुक्त समिति गठन गर्ने र त्यसको सुझावलाई श्रम सम्झौता पुनरवलोकनको क्रममा समेट्ने सहमति भएको थियो । सो अनुरुप कतारले अनुरोधपत्र नपठाई भिसा खुला गरिएको विषयमा तत्काल कुनै प्रक्रिया अगाडि बढाउन नसकिने मन्त्रालयले जनाएको छ । संसदीय समितिको सिफारिसमा रोकिएको घरेलु कामदारको श्रम स्वीकृतिका लागि दुई देशबीच भएको सहमतिअनुसारको पत्र प्राप्त भएमा मात्रै आवश्यक प्रक्रिया बढाउने मन्त्रालयले उल्लेख गरेको छ ।नेपाल र कतारबीच भएको सहमतिअनुसार मन्त्रालयले घरेलु कामदार पठाउने विषयमा आवश्यक राय माग गर्दै परराष्ट्र मन्त्रालयमा पत्र पठाइए पनि अझै त्यसको जवाफ आइनसकेको बताइन्छ । तस्बिरः कतार भिसा सेन्टरले जारी गरेको सूचना ।  
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP