Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दुई वर्षे अनुभवी नर्सले मात्रै बेलायत जान पाउने
दुई वर्षे अनुभवी नर्सले मात्रै बेलायत जान पाउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ७, २०७९
nursebides
Hardik health
काठमाडौं-  बेलायत सरकारले दुई वर्षे अनुभव पुगेका दक्ष नेपाली नर्सलाई मात्र रोजगारीमा लैजान सकिने बताएको छ । नेपाल र बेलायत सरकारबीच भएको जिटुजी सम्झौता अनुसार नै बेलायतको स्वास्थ्य क्षेत्रमा दुई वर्षे अनुभव भएकाहरुलाई रोजगारीको अवसर दिन सकिने बताइएको हो । बिहीबार राजधानीमा आयोजित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बेलायती दूतावासका प्रतिनिधि सहभागी कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले अनुभवी तथा दक्ष नर्सहरुका लागि रोजगारीको ढोका खुला रहेको बताइन् । उनले दक्ष स्वास्थ्य जनशक्तिलाई उचित सेवा सुविधासहित रोजगारीको अवसर दिन लागिएको जानकारी दिइन् । ‘नेपाली नर्सहरुको चाहना बेलायत गएर काम गर्ने रहे पनि हाम्रो सरकारको अपेक्षा भनेको दक्ष स्वास्थ्यकर्मीले स्वास्थ्य क्षेत्रमा काम गरून् भन्ने छ,’ राजदूत पोलिटले भनिन् । उनले बेलायतमा काम गरेर फर्केका नेपाली नर्सले स्वदेशमा फर्केर नेपालको स्वास्थ्य क्षेत्रमा दक्षता प्रयोग गर्नसक्ने कुरामा जोड दिइन् । राजदूत पोलिटले नेपाली नर्सहरुका कारण बेलायतको स्वास्थ्य क्षेत्रलाई निकै लाभ पुग्ने अपेक्षा गरेको जनकारी दिइन् । कार्यक्रममा सहभागी मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले बेलायतको स्वास्थ्य क्षेत्रमा जाने नेपाली नर्सहरुसँग दुई वर्षको अनुभव हुनुपर्ने बताए । दुई देशबीचको सम्झौता अनुसार नै त्यहाँ जाने नेपाली नर्सहरूले दुई वर्षको अनुभव हासिल गर्नुपर्ने र कुनै प्रकारको शुल्क तिर्नु नपर्ने उनले प्रस्ट पारे । पा“च वर्षपछि अनिवार्यरुपमा स्वदेश फर्कनुपर्ने व्यवस्था गरेको पनि उपसचिव भुसालले उल्लेख गरे । उनका अनुसार बेलायत जाने नर्सहरुले ‘नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल’ (एनएचएस)मा दर्ता भएपछि मात्रै बेलायतको नियमानुसार तलब तथा सेवा सुविधा पाउने छन् । जिटुजी सम्झौतामा उल्लेख भएअनुसार बेलायत जाने नेपाली नर्सले मासिक चार लाख रुपैया“भन्दा बढी पारिश्रमिक पाउने छन् । स्वास्थ्यकर्मीको रुपमा स्टाफ नर्स, बिएन, बिएससी नर्सिङ, एमएन गरेका अनुभवी तथा दक्ष नेपालीहरु बेलायत जान पाउने श्रम मन्त्रालयले जनाएको छ । बेलायत रोजगारीका लागि छनोट प्रक्रियामा सहभागी हुन नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका २० देखि ४५ वर्ष उमेर समूहका स्वस्थ्यकर्मीले अवसर पाउने छन् । उनीहरुले अंग्रेजी भाषा परीक्षा (आइइएलटिएस) तथा पेसागत भाषा परीक्षा (ओइटी)मा तोकिएबमोजिम स्कोर प्राप्त गर्नुपर्ने प्रावधान राखिएको छ ।  
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  ०८:२२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP