Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युरोपलाई श्रम गन्तव्य बनाउने तयारी
युरोपलाई श्रम गन्तव्य बनाउने तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ६, २०७९
Hardik health
काठमाडौं- सरकारले वैदेशिक रोजगारीका लागि खाडी मुलुक मात्र नभई यसको विकल्पमा युरोपलाई श्रम गन्तव्य बनाउने तयारी थालेको छ । श्रमिकको सुरक्षा, मानवअधिकार पारिश्रमिक, रेमिट्यान्स र मौसमका हिसाबले पनि खाडी मुलुकको विकल्पमा युरोपलाई श्रम गन्तव्य बनाउने तयारीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय जुटेको छ । युरोपमा रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकहरुको खोजी तथा अध्ययन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । हालसालै मात्र स्वास्थ्य जनशक्ति पठाउने विषयमा बेलायतसँग सम्झौता गरेको नेपाल सरकारले रोमानियासँग पनि छिट्टै श्रम सम्झौता गर्ने तयारी भइरहेको श्रम सचिव एकनारायण अर्यालले जानकारी दिए । ‘सरकारले प्राथमिकताका साथ युरोपेली मुलुकहरुसँग श्रम सम्झौताको तयारी थालेको छ,’ उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अगावै रोमानियासँग श्रम सम्झौता हुने सम्भावना छ ।’ उनका अनुसार रोमानियासँग सरकारीस्तरमा (जिटुजी) श्रम सम्झौताको तयारी अगाडि बढाइएको छ । तत्काल रोमानियासँग श्रम सम्झौताको तयारी भए पनि युरोपमा विभिन्न मुलुक माल्टा, पोर्चुगल, पोल्याण्ड पनि सम्झौताका लागि पाइपलानमा रहेको मन्त्रालायले जनाएको छ । मन्त्रालयले सम्भावित श्रम गन्तव्य खोजीका लागि मलेसियाका लागि पूर्वनेपाली राजदूत उदयराज पाण्डेको संयोजकत्वमा बनेको कार्यदलले २०७५ साल साउनमै युरोपका विभिन्न मुलुक पहिचान गरी सम्भावित श्रम गन्तव्यका लागि गृहकार्य थाल्न सरकारलाई सुझाव दिएको थियो । कार्यदलले तत्कालीन श्रममन्त्री गोकर्ण विष्टलाई बुझाएको प्रतिवेदनमा नेपाली श्रमिकहरुका लागि खाडी मुलुकहरुको विकल्पमा युरोपका पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, पोल्याण्ड, स्वीडेन र डेनमार्कलगायतका देशहरुलाई श्रम गन्तव्य बनाउन उपयुक्त हुने उल्लेख छ । कार्यदलले बेलायतसहित अन्य १९ वटा मुलुकसँग श्रम गन्तव्यका लागि गृहकार्य थाल्न सुझाव दिएको थियो । पाण्डे नेतृत्वले दिएको प्रतिवेदनको अध्ययनका आधारमा विभिन्न मुलुकसँग पछिल्लो समय सम्भावित श्रम गन्तव्यका लागि छलफल भइरहेको सचिव अर्यालले बताए । ‘जिटुजी भन्नेबित्तिकै दुई देशबीचको आपसी सहमति भएकाले तत्कालीन अवस्थामा विविध कारणले गृहकार्य अगाडि बढ्न सकेन होला,’ उनले भने, ‘अब हामीले नेपाली युवाहरुलाई रोजगारीका लागि युरोपमा फोकस गर्नुपर्छ, यसका लागि गृहकार्य गरिरहेका छौं ।’ केही वर्षयता व्यक्तिगत श्रम स्वीकृति लिएर युरोप जाने नेपालीको संख्या बढ्दै गइरहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । तर, माल्टा र रोमानियामा भने म्यानपावर कम्पनीबाट जाने नेपाली कामदारको संख्या उल्लेख्य छ । विभागको तथ्यांकअनुसार यी दुई मुलुकमा अहिलेसम्म २० हजारको हाराहारीमा नेपालीहरु काम गरिरहेका छन् । झण्डै नौ हजार जना रोमानिया जाने तयारी गरिरहेको विभागले जनाएको छ । रोमानिया जाने नेपालीहरुको चाप बढेका कारण सहजताका लागि हाल सरकारको पहलमा श्रम तथा रोजगार कार्यालय ताहाचलमा तीन महिनाका लागि ‘अस्थायी रोमानियन मिसन’ स्थापना गरिएको छ । जसका कारण भिसा प्रक्रियाका लागि दिल्ली धाउनुपर्ने बध्यता हटेको छ । त्यस्तै युरोपेली मुलुक माल्टा जानेको संख्या पनि क्रमिकरुपमा वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्षको सुरुआती दुई महिना साउन र भदौमा एक हजार ९७५ जनाले माल्टा जानको लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । खाडी मुलुकको विकल्प वा यथास्थितिमै राखेर पनि युरोपमा वैदेशिक रोजगारीलाई प्राथमिकतामा राख्न सरोकारवाला सबैले जोड दिनुपर्ने सचिव अर्यालको भनाइ छ । उनका अनुसार युरोपलाई श्रम गन्तव्य बनाउन सके प्रारम्भिक चरणमा वार्षिक एक लाखभन्दा बढी नेपालीले रोजगारी पाउने छन् । कामदारको सुरक्षा र आम्दानीको दृष्टिकोणले नेपाली कामदारलाई युरोपेली मुलुकमा जान प्रोत्साहन गर्नुपर्ने अर्यालले बताए । युरोपेली मुलुकमा जाने श्रमिकले मासिकरुपमा राम्रो कमाइ गर्ने गरेको देखिएको भन्दै उनले सामान्य कामदारले १२ सय युरोसम्म कमाउन सक्ने र रेमिट्यासको रुपमा ठूलो रकम नेपाल भित्रिने अवस्था रहेको बताए । युरोपका केही देशबाट नेपाली कामदारको राम्रो माग आउने गरेको र हाल निर्माण, होटल, कृषि, उद्योग, सेवा क्षेत्र र समुद्रमा काम गर्ने श्रमिक लिन इच्छा देखाइरहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ०९:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP