Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भैरहवाबाट श्रम स्वीकृति प्रचारमै सीमित
भैरहवाबाट श्रम स्वीकृति प्रचारमै सीमित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २९, २०७९
Hardik health
काठमाडौं- भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएस“गै स्थापना गरिएको वैदेशिक रोजगार व्यवस्थापन शाखा कार्यालय सञ्चालनमा समस्या देखिएको छ । गत असार १ गते तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले निकै प्रचारप्रसारका साथ उद्घाटन गरेको शाखा कार्यालय सञ्चालनका लागि सरकारले आवश्यक प्रबन्ध नगर्दा समस्या देखिएको हो । भैरहवाबाटै अन्तर्राष्ट्रिय उडान हुने र वैदेशिक रोजगारीमा जानेले श्रम स्वीकृतिलगायतका सेवा लिनसक्ने गरी कार्यालयको स्थापना गरिए पनि अहिले सेवाग्राहीले सेवा लिन पाएका छैनन् । वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रमसम्बन्धी सबै सेवा उपलब्ध गराउने कार्यालय भैरहवामा स्थापना भएको प्रचार गरिए पनि शाखाले पुनः श्रम स्वीकृतिबाहेक अन्य सेवा प्रदान गर्न नसक्ने कर्मचारीहरु नै बताउँछन् । स्रोतका अनुसार तत्कालीन मन्त्री श्रेष्ठको हतारोका कारण पूर्वतयारीविना नै शाखा सञ्चालन तथा उद्घाटन गरिएको थियो । जसको मारमा अहिले सेवाग्राहीलाई परेको छ । ‘न कर्मचारी छ, न दरबन्दी । कार्यालय सञ्चालनका लागि बजेट नै छैन । यही कारण बुटवलमा रहेको श्रम तथा रोजगार कार्यालयका कर्मचारी ल्याएर काम गराउनुपर्ने बाध्यता आइलागेको छ,’ शाखा कार्यालयका एक अधिकारीले भने । उक्त शाखा कार्यालय बुटवलमा रहेको श्रम कार्यालयअन्तर्गतको एक निकाय श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मातहातको कार्यालय भएको खुलेको छ । जसको कार्यक्षेत्र आन्तरिक श्रम हेर्ने रहेको छ । यस्तो कार्यालयले कसरी वैदेशिक रोजगारसम्बन्धी कार्य सञ्चालन गर्छ प्रश्न उठेको छ । श्रम स्वीकृतिलगायतका सबै कार्य भैरहवाबाट गर्ने भनिए पनि स्थापना भएको तीन महिनासम्म पनि श्रम मन्त्रालयले कुनै पहलकदमी लिएको छैन । कार्यालय स्थापना भइसकेपछि आवश्यक बजेट र कर्मचारीको लागि गृहकार्य गरिरहेको मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता थानेश्वर भुसालले बताए । उनले छिट्टै सबैखाले श्रम स्वीकृतिका लागि सेवाग्राहीले काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुने बताए । तर, संस्थागत श्रम स्वीकृति (पूर्व र अन्तिम श्रम स्वीकृति) तथा वैयक्तिक नयाँ श्रम स्वीकृति गर्न वैदेशिक रोजगार विभाग काठमाडौंबाट लिनुपर्ने बाध्यता हटेको छैन । शाखा कार्यालयले पुनः श्रम स्वीकृतिबाहेक अन्य श्रम स्वीकृति गर्नका लागि विभागबाट अनुमति लिनुपर्ने हुन्छ । विभागले निश्चित कोटा निर्धारण गरिदिएका कारण थुप्रै सेवाग्राही काठमाडौं नै धाउनुपर्ने स्थिति छ । कार्यालय सञ्चालनमा आएको तीन महिना पुग्न लाग्दा पनि पुनः श्रम स्वीकृतिको काम भए पनि संस्थागत श्रम स्वीकृती र व्यक्तिगत नयाँ श्रम स्वीकृतिको काम सुरु नहुँदा सेवाग्राहीहरु काठमाडौं धाउनुपर्ने बाध्यता कायमै रहेका कारण भैरहवामा शाखा कार्यालय हुनुले कुनै फरक नपार्ने नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष सागर अधिकारीले बताए । व्यक्तिगत नयाँ श्रम स्वीकृति सम्बन्धमा २०७५ पुस ९ गतेको नेपाल राजपत्रको भाग ५ मा प्रकाशित सूचनाअनुसार वैदेशिक रोजगार ऐन २०६४ को दफा २१ बमोजिम वैदेशिक रोजगारका लागि व्यक्तिगतरुपमा विदेश जान चाहनेहरुबाट निवेदन लिने र विभागको प्राप्त निर्णय वा अधिकार प्रत्यायोजन भएअनुसार स्वीकृति दिने रहेको छ । वैयक्तिक नया“ श्रम स्वीकृतिका लागि विभागले फेमिस सिस्टमबाट काम गर्ने हुँदा त्यसको अधिकार प्रत्यायोजन नभएको शाखा कार्यालयका प्रमुख केशव भट्टराईले बताए । ‘वैयक्तिक नया“ श्रम स्वीकृतिको अनलाइन फाराम भर्ने फेमिस सिस्टम भैरहवाका लागि विभागले नखोलिँदासम्म यो स्वीकृति लिन सेवाग्राही काठमाडौं नै धाउनुपर्छ,’ भट्टराईले भने । शाखा कार्यालयबाट अहिलेसम्म संस्थागत श्रम स्वीकृतिअन्तर्गत पूर्वस्वीकृति एक जनाले पनि लिएका छैनन् । त्यस्तै कार्यालयको रेकर्डअनुसार अन्तिम स्वीकृति १२ जनाले लिएका छन् भने ६५१ जनाले पुनः श्रम स्वीकृति लिएको देखिन्छ ।  
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १८:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP