Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीमा गएकालाई आइपिओमा १० प्रतिशत आरक्षण
वैदेशिक रोजगारीमा गएकालाई आइपिओमा १० प्रतिशत आरक्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २८, २०७९
Hardik health
काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक सेयर निष्कासन (आइपिओ)मा १० प्रतिशत आरक्षण सुरक्षित गरेको छ । नेपाल धितोपत्र बोर्डले तयार पारेको धितोपत्र दर्ता तथा निष्कासन (छैटौं संशोधन) नियमावली २०७९ मन्त्रिपरिषद्बाट स्वीकृत भएस“गै यो व्यवस्था कार्यान्वयनमा आउने भएको हो । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उक्त नियमावली धितोपत्र बोर्डले सोमबार सार्वजनिक गरेको छ । संशोधित व्यवस्था अनुसार संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा आइपिओको १० प्रतिशत वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई आरक्षण गरिने उल्लेख छ । बोर्डले आइपिओमा सर्वसाधरणले पाउँदै आएको कूल सेयरबाटै १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याउने भएको हो । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले मात्र १० प्रतिशत आरक्षण कोटामा आइपिओ भर्न पाउने प्रावधान राखिएको छ । ‘संगठित संस्थाले सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्कासित सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याएर बा“डफाड गर्नुपर्नेछ,’ संशोधित नियमावलीमा उल्लेख गरिएको छ । वैदेशिक रोजगारीमा रहेकाहरुले आइपिओ भर्दा अनिवार्य विप्रेषण (रेमिट्यान्स) बचत खातामार्फत मात्र भुक्तानी गर्नुपर्नेछ । आइपिओका लागि सम्बन्धित व्यक्तिले आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलनसम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खातामार्फत मात्र भुक्तानी गर्नुपर्ने उल्लेख छ । वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याएको आइपिओ आरक्षण बिक्री नभए वा बाँकी रहेमा त्यस्तो आइपिओ सर्वसाधारण समूहमा थप गरी जारी गर्न पाइने संशोधित नियमावलीमा उल्लेख छ । तर, थप सार्वजनिक निष्कासन (एफपिओ)मा भने यस्तो आरक्षण छुट्याउन आवश्यक नभएको जनाइएको छ । सर्वसाधारणका लागि छुट्याइएको ३० प्रतिशतबाटै १० प्रतिशत आइपिओ वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याइएको बोर्डले जनाएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले मात्र आरक्षण कोटामा आइपिओ भर्न पाउने छन् । हालको व्यवस्था अनुसार आइपिओ जारी गर्दा संगठित संस्थाले जारी पु“जीको १० प्रतिशत आयोजना प्रभावितलाई छुट्याउने गरिन्छ । जारी पुँजीको सानो अंश कम्पनीका कर्मचारीले समेत पाउने गरेका छन् । यसबाहेक सर्वसाधारणलाई जारी हुने कूल सेयरको पा“च प्रतिशत म्युचुअल फण्डहरुलाई आरक्षित हुने गरेको छ । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट भाषणमार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओमा १० प्रतिशत आरक्षण दिने घोषणा गरेको थियो । सोहीअनुरुप नै बोर्डले आवश्यक गृहकार्य गरेर वैदेशिक रोजगारीमा रहेकाहरुलाई आइपिओमा १० प्रतिशत आरक्षणको सुविधा दिने नीति ल्याएको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए । उनका अनुसार अब कुनै पनि कम्पनीले प्राथमिक रुपमा जारी गर्ने साधारण सेयरको कूल कित्ताको १० प्रतिशत वैदेशिक रोजगारीमा जानेहरुका लागि आरक्षण हुनेछ । यस्तै, गैरआवासीय नेपालीले पनि धितोपत्र बजारमा लगानी गर्न पाउनेगरी आवश्यक व्यवस्था हुने उनले बताए ।वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओमा आरक्षण कोटा छुट्याएमा बैंकिङ च्यानमार्फत नेपालमा पैसा भित्रिन्छ भन्ने सरकारी तथा नियामक निकायहरुले अपेक्षा गरेका छन् । यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ सालमा नै वैदेशिक रोजगारीमा जाने कामदारलाई आइपिओमा सहभागी गराउनुपर्ने प्रस्ताव गरेको थियो । त्यतिखेर मन्त्रालयले पब्लिक कम्पनीहरुको प्राथमिक सेयर निष्काशनमा पा“च प्रतिशत आरक्षण गर्नुपर्ने प्रस्ताव गरिएको थियो । श्रम मन्त्रालयले गठन गरेको औपचारिक माध्यमबाट विप्रेषण भित्र्याइ उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने विषयमा सुझाव पेस गर्न गठित कार्यदलले पेस गरेको प्रतिवेदनले वैदेशिक रोजगारीमा जाने कामदार र तिनका परिवारलाई आइपिओमा पा“च प्रतिशत आरक्षण प्रस्ताव गरेको हो । तत्कालीन श्रमसचिव महेश्वर दाहालको संयोजकत्वमा गठित कार्यदलले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार वा निजका परिवारका सदस्यहरुले आवेदन गर्न पाउने गरी विभिन्न कम्पनीका प्राथमिक सेयरको पा“च प्रतिशत हिस्सा उनीहरुका निम्ति आरक्षण गर्न उपयुक्त हुने प्रतिवेदन तयार पारेको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP