काठमाडौं- नेपालीहरुको प्रमुख रोजगार गन्तव्य मुलुक मलेसियाका लागि नयाँ नेपाली राजदँत नियुक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदँत पदमा नियुक्त गरेकी हुन् ।
यस्तै हरिश्चन्द्र घिमिरेलाई म्यानमारका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले बिहीबार जानकारी दिएको छ ।
‘नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरुलाई नियुक्त गर्नुभएको हो,’ राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपति भण्डारीले बिहीबार नै विभिन्न मुलुकका लागि गैरआवसीय राजदूत नियुक्त गरेकी छन् । संयुक्त अधिराज्य बेलायतका लागि नेपालका आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा.श्रीधर खत्रीलाई कोस्टारिकाका लागिसमेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९ १६:४७