Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • चालु आवको पहिलो महिनामा ६३ हजारले लिए श्रम स्वीकृति
चालु आवको पहिलो महिनामा ६३ हजारले लिए श्रम स्वीकृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १६, २०७९
Bairo-Saun copy
काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिनामा नै ६३ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । कोरोना महामारीपश्चात् पुरानै लयमा फर्किएको वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढेर चालु अवको पहिलो महिनामा ६३ हजार ४२ जनाले श्रम स्वीकृति लिएका हुन् । गत असार महिनामा झण्डै ५५ हजारले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका थिए । यसरी हेर्दा चालु आवमा रोजगारीका लागि विदेशिनेको संख्या बढ्न पुगेको छ । यही रफ्तारमा श्रम स्वीकृति लिनेको संख्या बढे भदौ महिनामा ७० हजार नाघ्ने वैदेशिक रोजगार विभागका अधिकारीहरु बताउँछन् । कोरोनाका कारण पछिल्ला दुई वर्ष कामदार लैजान रोकेको मलेसियाले आप्रवासी कामदार आपँर्ति गर्न खुला गरेसँगै मलेसिया जाने नेपालीको संख्या उल्लेख्य बढेको छ । रोजगारीका लागि अन्य गन्तव्य मुलुकभन्दा मलेसियामा नेपालीको माग र आकर्षण बढ्दो रहेको छ । साउन महिनामा मलेसिया जानका लागि २४ हजार ४८४ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ । र्यालयका सहसचिव रमेश अर्यालले मलेसिया जाने श्रमिकको संख्या बढ्न थालेको र आगामी दिनमा यो संख्या अझै बढ्ने देखिएको बताए । उनका अनुसार मलेसिया मात्र नभई समग्रमा वैदेशिक रोजगारीमा जानेको संख्या आगामी दिनमा अझ बढ्ने देखिन्छ । गत आर्थिक वर्षमा मलेसिया जान ३५ हजारको हाराहारीमा मात्रै श्रम स्वीकृति जारी भएको थियो । जसका कारण मलेसिया नेपालीहरुको पाँचौं श्रम गन्तव्य बन्न पुगेको विभागको तथ्यांकले देखाउँछ । तर, यस वर्ष पहिलो महिनामा नै २४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएर पहिलो गन्तव्य मुलुकको रुपमा नेपाली कामदारले मलेसियालाई रोजेका छन् । त्यस्तै साउन महिनामा कतारका लागि १२ हजार ५७०, संयुक्त अरब इमिरेट्स (युएई)का लागि आठ हजार १४०, साउदी अरेबिया छ हजार ७०५ र कुवेतका लागि चार हजार २८४ जनाले श्रम स्वीकृति लिएको रोजगार कार्यालयले जनाएको छ । यी पाँच देशले मात्रै कूल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगटेको अर्यालले बताए । उनका अनुसार कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३२ प्रतिशत छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिने ६८ प्रतिशत रहेको छ । श्रम स्वीकृति लिनेमध्ये करिब १० प्रतिशत महिला रहेको कार्यालयले जनाएको छ । रोजगार कार्यालयको तथ्यांकअनुसार जिल्लागतरुपमा मधेसका जिल्लाबाट सबैभन्दा बढी रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । धनुषा, सिरहा, महोत्तरीबाट विदेश जानेको संख्या अन्य जिल्लाकोभन्दा बढी नै रहेको छ । चालु आर्थिक वर्षको सुरुआती महिनामा नै रोजगारीको लागि मलेसिया जानेको संख्यामा आएको बढोत्तरीमा म्यानपावर व्यवसायीले पनि खुसी व्यक्त गरेका छन् । युक्रेन युद्धका कारण खाडी मुलुकमा कामदारको माग घटेका कारण मलेसियामा जाने नेपालीको संख्यामा वृद्धि भएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमुद खनालले बताए । मलेसिया पारिश्रमिक र हावापानीका हिसाबले पनि खाडी मुलुकभन्दा राम्रो रहेको खनालको भनाइ छ । पछिल्लो समय मलेसिया जाने नेपालीको संख्या बढ्नु हामी व्यवसायीको लागि राम्रो र खुसीकै कुरा हो,’ खनालले भने । पछिल्लो समय मलेसिया सरकारले श्रमिकको आधारभँत पारिश्रमिक बढाउने निर्णय गरेसँगै नेपालीहरुका लागि मलेसिया अकर्षक गन्तव्य बनेको खनालले बताए । मलेसियाले हाल आधारभूत पारिश्रमिक वृद्धि गरी १५ सय मलेसियन रिंगेट ,४२ हजार रुपैयाँभन्दा बढी पुर्‍याएको छ । नेपाल सरकार फितलो अनुगमनका कारण ‘फ्रि भिसा, फ्रि टिकट’को प्रावधान पँर्णरुपमा कार्यान्वयनमा आउन नसके पनि यस वर्ष मलेसिया नेपालीहरुको पहिलो श्रम गन्तव्य मुलुक बन्ने देखिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  ०८:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार सोमबार, साउन १२, २०८२
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश 
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश  सोमबार, साउन १२, २०८२
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत आइतबार, साउन ११, २०८२
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ शुक्रबार, साउन ९, २०८२
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत शुक्रबार, साउन ९, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP