Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #निर्वाचन_आयोग
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #सिसी क्यामेरा
  • #रास्वपा
  • #गगनकुमार थापा
  • #नाकछोङ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार व्यवसायीलाई लाग्यो दोहोरो चुनाव
वैदेशिक रोजगार व्यवसायीलाई लाग्यो दोहोरो चुनाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १४, २०७९
Hardik health
काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले लामो समयको अलमलपछि साधारणसभा र निर्वाचनको मिति तय गरेसँगै व्यवसायीहरुमाझ चुनावी महोल छाएको छ । यसअघि सहमतिअनुरुप निर्वाचन हुन नसकेको संघमा तदर्थ कार्यसमितिले आगामी पुस ८ गते निर्वाचन गर्ने मिति तोकेको छ । मिति घोषणासँगै व्यवसायीहरुले चुनावको तयारी सुरु गरेका छन् । त्यसो त यतिबेला मुलुकमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको माहोल तातिसकेको छ । आगामी मंसिर ४ गते एकैचरणमा हुने निर्वाचनको तयारीमा सरकार, निर्वाचन आयोग तथा राजनीतिक दलहरु होमिसकेका छन् । उक्त निर्वाचनको एक महिनापछि हुनेगरी वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन तय गरिएको हो । यसले व्यवसायीहरुमा चुनावको दोहोरो रौनक ल्याएको छ । यसअघि गत वर्ष पुस ३० गते संघको साधारणसभा र निर्वाचन गर्ने मिति तय भए पनि विवादका कारण स्थगित भएको थियो । संघले निर्वाचनको मिति तय गरेपछि विभिन्न दलनिकट व्यवसायी संगठनहरुबीच छलफल सुरु भएको एक व्यवसायीले बताए । संघको नयाँ नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने ती व्यवसायीको भनाइ छ । संघ स्रोतका अनुसार एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाललाई एकल्याउने गरी गठबन्धन दलनिकटका संगठनहरुले तयारी थालेका छन् । यसअघि भएको सहमतिअनुसार नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, माओवादीनिकटको नेपाल गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्च, एकीकृत समाजवादीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन र समाजवादी फोरमनिकट संघले साझा उम्मेदवार खडा गर्ने तयारीमा जुटेको स्रोतको दाबी छ । संघको अध्यक्ष, सचिव र कोषाध्यक्षमा कांग्रेसनिकट लोकतान्त्रिक एसोसियसनले दाबी गरेको छ । त्यस्तै माओवादीनिकट गणतान्त्रिक मञ्चलाई प्रथम र द्वितीय उपाध्यक्ष, एकीकृत समाजवादीनिकट एकीकृत व्यवसायी संगठनलाई महासचिव र समाजवादी संघलाई तृतीय उपाध्यक्ष हुनेगरी पदाधिकारीको बाँडफाड गर्ने तयारीमा संगठनहरु जुटेका छन् । प्रारम्भिक तयारीअनुसार सहमति जुटेमा उल्लिखित संगठनबाट क–कसलाई पदाधिकारीमा पठाउने भन्ने विषयमा भने आन्तरिक विवाद देखिनसक्ने बताइएको छ । यद्यपि, नेतृत्व चयनमा सहमतिको ढोका खुल्लै राख्ने गठबन्धनका संगठनहरुले जनाएका छन् । उनीहरुले सहमतिमा आए प्रगतिशील मञ्चलाई एक उपाध्यक्षसहित केही सदस्य दिन सकिने बताएका छन् । गठबन्धन दलनिकटका संगठनहरुले मिलेर चुनावमा जाने मनस्थिति बनाएपछि एमालेनिकट प्रगतिशील मञ्चले त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ । मञ्चका महासचिव जनक रावलले व्यावसायिक संस्थाको निर्वाचन राजनीतिक आस्थाको आधारमा गराउने र नेतृत्व कब्जा गर्ने गठबन्धनविरुद्ध सशक्त प्रतिवाद गर्ने बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल आइतबार, पुस ६, २०८२
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी आइतबार, पुस ६, २०८२
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP