Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #निर्वाचन_आयोग
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #सिसी क्यामेरा
  • #रास्वपा
  • #गगनकुमार थापा
  • #नाकछोङ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पुनःएकीकरण कार्यक्रम सञ्चालनको गृहकार्यमा बोर्ड
पुनःएकीकरण कार्यक्रम सञ्चालनको गृहकार्यमा बोर्ड
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १३, २०७९
Bhadau 13
Hardik health
काठमाडौं- सरकारले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवाहरुको श्रम, सीप र पुँजीको प्रयोग गरी पुनःएकीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैदेशिक रोजगार बोर्ड सचिवालयले आर्थिक वर्ष २०८९/८० का लागि पारित गरेको नीति तथा कार्यक्रमको लक्ष्यअनुसार उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । बोर्ड सचिवालयले पुनःएकीकरण कार्यक्रम सञ्चालन गर्न १५ करोड रुपैयाँ वार्षिक बजेट छुट्याएको छ । यसको कार्यान्वयन तथा कार्यक्रम सञ्चालनसम्बन्धी आवश्यक निर्देशिकासमेत बनिसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट जारी भएको निर्देशिकामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको सीप, पुँजी र प्रविधिलाई राष्ट्र हितमा उपयोग गर्न तथा नागरिकको पुनःएकीकरण गर्ने निर्दिष्ट उद्देश्य लिइएको उल्लेख गरिएको छ । पुनःएकीकरण कार्यक्रममार्फत वैदेशिक रोजगारीमाथिको निर्भरतालाई क्रमिकरुपमा न्यूनीकरण गर्दै लैजाने र युवाहरुलाई स्वदेशमै आर्थिक सबलीकरणमा संलग्न गराउन तदारुकताका साथ बोर्ड गृहकार्यमा जुटेको नवनियुक्त कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए । निर्देशिका अनुसार यस कार्यक्रमलाई साझा उद्देश्य राखेर स्थानीय सरकार तथा सरोकारवाला सबै निकायको समन्वयमा सञ्चालन गरिने उनले जानकारी दिए । यो कार्यक्रमले विदेशबाट फर्किएका युवाहरूलाई स्वदेशमै स्वरोजगारीतर्फ आकर्षित गर्न र आत्मनिर्भर बनाउन सफल हुने उप्रेतीको भनाइ छ । बोर्ड सचिवालयले पारित गरेको अन्य कार्यक्रमसमेत उत्तिकै महŒवपूर्ण रहे पनि पुनःएकीकरण कार्यक्रमलाई पहिलो प्राथमिकता दिएर सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकोले सोहीअनुरुप गृहकार्य थालिएको कार्यकारी निर्देशक उप्रेतीले बताए । ‘बोर्डमा भर्खर जिम्मेवारी सम्हाल्न आएको छु,’ उनले भने, ‘अन्य कार्यक्रम पनि सञ्चालन गर्नुपर्नेछ, त्यसको पनि अध्ययन गर्दै छु र वार्षिक कार्यक्रहरु नियमितरुपमा सञ्चालन गर्न बोर्डका पदाधिकारी र कर्मचारीहरुले आवश्यक सहयोग गर्नुहुनेछ भन्ने विश्वास सलएको छु ।’ अहिले प्रथमिकतामा राखिएको पुनः एकीकरण कार्यक्रम कार्यान्वयनका लागि राजनीतिक तहबाट पनि उत्तिकै सहयोगको खाँचो रहेको उनले बताए ।कोरोना महामारीपछि वैदेशिक रोजागारीबाट नेपाल फर्किने नेपालीहरुको संख्या ठूलो रहेको बोर्डले जनाएको छ । गत आवमा चार लाखभन्दा बढी नेपाली स्वदेश फर्किएको बोर्डले उल्लेख गरेको छ । यस्तो अवस्थामा स्वदेशमा नै स्थानीय तहको मागका आधारमा युवाहरूलाई सीप तथा तालिम प्रदान गराउने र उत्पादनशील कार्यक्रममा सहभागी गराउने बोर्डको योजना रहेको छ । विदेशबाट फर्किएका सबै नेपालीको अवस्था समान नहुने भएकाले उनीहरुलाई फरक–फरक किसिमको कार्यक्रम र परामर्श आवश्यकता पर्ने उप्रेतीले बताए । ‘सबै अवस्थाका युवाहरुका लागि छुट्टाछुट्टै किसिमको पुनःएकीकरण कार्यक्रम आवश्यक पर्ने भएकाले पनि छिटो कार्यान्वयनमा जानुपर्ने भएको छ,’ उनले भने । बोर्डको योजना अनुसार स्थानीय र प्रदेश सरकारको सहकार्यमा वैदेशिक रोजगारीबाट फर्किएका तीन हजार जनालाई वित्तीय साक्षरता एवं उद्यमशीलता तालिममा सहभागी गराइनेछ । यस कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारलाई दक्षिण कोरिया र जापान सरकारको दातृ निकायले आर्थिक सहायता प्रदान गर्ने सहमति गरेका छन् ।  
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल आइतबार, पुस ६, २०८२
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी
ई-सेभेन भिसामा कामदार पठाउन पाउनेमा व्यवसायी आशावादी आइतबार, पुस ६, २०८२
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ शुक्रबार, पुस ४, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP