Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • भाषणमा होइन, व्यवहारमा देखाऊ
भाषणमा होइन, व्यवहारमा देखाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन १८, २०७९
Hardik health
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले दक्ष सीप भएका जनशक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने बताए । वैदेशिक रोजगारी बाध्यता भएकोले स्वेदशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन जनचेतना फैलाउन जरुरी रहेको उनको भनाइ छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सोमबार वैदेशिक रोजगार र श्रमसम्बन्धी रहेका समस्याका सम्बन्धमा गरेको बैठकमा मन्त्री कुँवरले स्वदेशमा नै रोजगारी सिर्जना गराउने र श्रमिकलाई श्रम गर्न जनचेतना फैलाउन जरुरी रहेको बताएका हुन् । बाहिरी मुलुकबाट कामदार आएर नेपालमा श्रम गरिरहेको उल्लेख गर्दै उनले रोजगारीका लागि नेपालीहरु विदेशिनु दुःखद् भएको बताए । मन्त्री कुँवरले स्वदेशमै रोजगारीको अवसर रहेको बताए पनि तथ्यांकले त्यस्तो देखाउँदैन । स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगार नेपालीहरुका लागि बाध्यता बनेको छ । बर्सेनि लाखौं संख्यामा युवाहरु विदेशिने गरेका छन् । उनीहरुमध्ये कोही पनि रहरले पक्कै विदेशिएका होइनन् । आफ्नो परिवार र सन्तानको भविष्यका खातिर वैदेशिक रोजगारीमा जानु उनीहरुका लागि अन्तिम विकल्प बनेको छ । यसरी विदेशिएका नेपालीहरुबाट पठाएको रेमिट्यँन्सबाटै मुलुकको अर्थतन्त्र धानेको छ । अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सबाट आउने रकमले ओगट्दछ । यद्यपि, मन्त्री कुँवरले भनेजस्तै स्वदेशका उद्योगहरुमा कामदारको अभाव छ । एकातिर स्वदेशमा कामदारको अभाव अर्कोतर्फ वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै जानु ठीक उल्टो देखिन्छ । स्वदेशमै रोजगारीमा लगाउन सरकारले सकेको छैन । यहाँका उद्योग वा रोजगारदाताहरुले किन नेपाली श्रमिकहरुलाई आकर्षित गर्न सकिरहेका छैनन् भन्ने प्रश्न उठ्छ । सरकारले रोजगारी सिर्जना गर्न भन्दै ल्याएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । यस्तै अन्य कार्यक्रम पनि नतिजमुखी बन्न सकेको देखिँदैन । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एक लाख ४५ हजार ११३ जनालाई स्वरोजगार बनाइएको श्रम मन्त्रालयको भनाइ छ । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल वैदेशिक रोजगारमा जानेको संख्या अहिले बढेको बताउँछन् । उनका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा छ लाख ४२ हजार जना वैदेशिक रोजगारीका लागि गएकामा आव २०७७÷७८ मा एक लाख ६६ हजारमा झरेको थियो । यस्तै आव २०७८/७९ मा त्यो संख्या बढेर छ लाख २१ हजार जनामा पुगेको छ । वैदेशिक रोजगारीमा जाने तिनै श्रमिकहरुको जीवन असुरक्षित बनिरहेको तथ्य लुकेको छैन । विभिन्न श्रम गन्तव्य मुलुकमा रोजगारीका लागि गएर ज्यान गुमाउने नेपालीको संख्या बर्सेनि बढ्दै गएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै रोजगारीका लागि विभिन्न देशमा गएका एक हजार ४७९ नेपालीले ज्यान गुमाएका छन् । उक्त संख्या अघिल्लो आर्थिक वर्षभन्दा २३७ जनाले बढी हो । आर्थिक वर्ष २०७७/७८ मा एक हजार २४२ जनाको मृत्यु भएको थियो । बोर्ड सचिवालयले राखेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा एक हजार ४७९ जना मृतकका परिवारले क्षतिपूर्ति बुझेका छन् ।वैदेशिक रोजगार तत्काल बन्द गर्न सकिने अवस्था छैन । त्यसैले सुरक्षित बनाउन आवश्यक छ । दीर्घकालीन लक्ष्य स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने हुनुपर्छ । त्यसअनुसार कार्यक्रमहरु अगाडि बढाइएको पनि छ । तर, त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अपेक्षाकृत नतिजा आउन सकेको छैन । त्यसैले अब सरकारले नतिजा आउने गरी काम गर्नुपर्छ । स्वदेशमै रोजगारी भाषणमा होइन, व्यवहारमा कार्यान्वयन हुन आवश्यक छ ।  
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP