Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • तत्काल उद्धारमा ध्यान देऊ
तत्काल उद्धारमा ध्यान देऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १९, २०७९
Hardik health
केही दिनदेखिको वर्षातले देशका विभिन्न क्षेत्रमा जनधनको क्षति ग¥यो । बाढी, पहिरो, डुबानलगायतका समस्याले नागरिकले सास्ती खेप्नुपर्‍यो । जुन क्रम आजका दिनसम्म जारी छ । सप्तकोसी नदीमा पानीको बहाब निरन्तर बढेपछि बुधबार रातिसम्म ब्यारेजका ५६ मध्ये ४६ ढोका खोलिएको छ । पानीको तीव्र बहाबका कारण कोसीको मध्य भागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ । पानी बहाब बढ्न थालेपछि कोसी क्षेत्रका सयौं नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उद्धार जारी छ । यता, काठमाडौं भित्रिने प्रमुख राजमार्ग नारायणढ–मुग्लिन सडकखण्डको हालत उस्तै बेहाल छ । ठाउँ–ठाउँमा पहिरो खस्दा बाटोको बिजोग छ । यात्रुहरू १८/२० घण्टा जाममा पर्ने गरेका छन् । घरिघरि खस्ने पहिरोले यात्रुलाई दुःख दिइरहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डलाई दुई लेनमा स्तरोन्नति गरी एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पूरा भइसक्यो । तर, सडक स्तरोन्नति भए पनि पहिरोको जोखिम भने घट्नुको साटो बढिरहेको छ । हरेक वर्ष बर्खाको समयमा पहिरोका कारण यो सडकमा समस्या हुने गरेको छ । यो सडकखण्डमा अहिले नयाँ–नयाँ ठाउँमा पहिरो झर्ने गरेको छ । एक ठाउँमा पहिरो हटायो फेरि अर्को ठाउँमा झरिसक्छ । कुनै ठाउँमा पहिरो पन्छाइसकेको केहीबेरपछि पुनः झर्ने गरेको छ । केही दिनयता ठाउँ–ठाउँमा पहिरो जाँदा लामो समय गाडी रोकिनुपरेको छ भने यात्रा जोखिमपूर्ण बनेको छ । पछिल्लो तीन वर्षमा यो सडकखण्डमा पहिरो रोक्ने कामका लागि मात्र ४० करोड रुपैयाँ खर्च भइसकेको छ । तर, समस्या उस्तै छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजना अन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तार गरिएको थियो । सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई दुई अर्ब ९० करोड रुपैयाँ खर्च गरी तीन वर्ष लगाएर विस्तार गरिएको सडक विस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोको समस्या देखिने गरेको छ । सप्तकोसी र नारायणगढ–मुग्लिन सडक त उदाहरण मात्र हुन् । बर्खाको समयमा देशका धेरै ठाउँमा नागरिकले बाढी, पहिरो र डुबानको सास्ती खेप्नुपर्छ । चाहे सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र होस्, चाहे बुटवल–पाल्पा सडकखण्ड । सबैतिर नागरिकले सास्ती झेल्नुपर्छ ।बर्सेनि आउने यस्ता समस्या समाधानका लागि राज्यले ठोस पहल गर्नुपर्छ । दीर्घकालीन समाधानको बाटो रोज्नुपर्छ । नत्र हरेक वर्ष पीडाका गीत गाइरहनुपर्ने विडम्बना हुनेछ । नागरिकले सास्ती झेलिरहनुपर्नेछ । घरबारविहीन हुनुपर्नेछ । आफन्त गुमाउनुपर्नेछ । तसर्थ, राज्यले यी कुरामा ध्यान दिनुपर्छ । हाललाई भने सप्तकोसी क्षेत्रका बासिन्दालाई तत्काल उद्धार र राहतको व्यवस्था गर्नुपर्छ । यसैगरी, नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्ने यात्रुका लागि वैकल्पिक व्यवस्था गर्नुपर्छ । यो बाटो भएर यात्रा गर्दा खासगरी बिरामी, बालबालिका, गर्भवती महिलालाई हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिएर ‘र्‍यापिड रेस्पोन्स टिम’को व्यवस्था गर्नुपर्छ ।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP