Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यक्तिगतभन्दा म्यानपावरबाट ठगिने बढी
व्यक्तिगतभन्दा म्यानपावरबाट ठगिने बढी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १२, २०७९
Hardik health
काठमाडौं-  वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु व्यक्तिगतभन्दा म्यानपावरबाट बढी ठगीमा पर्ने गरेको देखिएको छ । आप्रवासी कामदारहरुको पक्षमा निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको संस्था पिपुल फोरमले तयार पारेको प्रतिवेदनअनुसार म्यानपावर कम्पनीहरुले बढी ठगी गर्ने गरेको देखाएको हो । फोरमले सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत तयार गरेको तथ्यांकमा आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म दुई हजार ८५४ जना वैदेशिक रोजगारीको सिलसिलामा ठगीमा परेको उल्लेख गरेको छ । यसरी ठगीमा परेका पीडितहरूलाई फोरमले निःशुल्क कानुनी सहायता तथा सहजीकरण गर्दै आएको जनाएको छ । फोरममा कानुनी सहायताका लागि आएकामध्ये एक हजार ३७६ जना व्यक्तिमार्फत ठगिएका छन् भने म्यानपावरमार्फत एक हजार ४७८ जना ठगिएका छन् । यसरी तथ्यांकको अधारमा हेर्दा व्यक्तिगतभन्दा म्यानपावरमार्फत ठगिनेको संख्या धेरै भएको निःशुल्क कानुनी सहायता परियोजनाका संयोजक एवं अधिवक्ता सुदीप देवकोटाले बताए । उनका अनुसार झण्डै ५२ प्रतिशतभन्दा बढी म्यानपावरमार्फत ठगीमा परेको देखिन्छ भने ४८ प्रतिशत व्यक्तिगत रुपमा ठगिएका छन् ।फोरमको तथ्यांकअनुसार हालसम्म पीडितहरूले विभिन्न मुद्दामा ८० करोड ६९ लाख ३३ हजार ८८० बराबर क्षतिपूर्ति पाइसकेका छन् । कानुनी सहायतामार्फत पीडितको उद्धारका लागि चार सय ५२ मुद्दा परेकोमा १३७ जनाले मात्रै न्याय पाएको उल्लेख गरिएको छ । त्यस्तै, पासपोर्ट जफतका १०४ घटना आएकोमा हालसम्म ५१ जनाले फिर्ता पाएका छन् ।पछिल्लो समय फोरमले मानव बेचबिखनका मुद्दामा पनि निःशुल्क कानुनी सहायता प्रदान गर्न थालेको जनाएको छ । फोरमले हालसम्म ६४ जना यस्ता पीडितलाई निःशुल्क सेवा प्रदान गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारमा जोखिम बढ्दै गएकाले सरोकारवाला सबैले ध्यान पुर्‍याउनुपर्ने फोरमका संस्थापक सोम लुईंटेलले बताए । सरकारका कतिपय नीतिकै कारण वैदेशिक रोजगारमा जाने नेपालीहरुले न्याय पाउन कठिन भइरहेको फोरमले उल्लेख गरेको छ । यस्तो समस्या साउदी अरेबियामा जाने कामदारहरुमा बढी देखिएको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  ०८:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP