Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सांसदको कर्तव्य नबिर्स
सांसदको कर्तव्य नबिर्स
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १०, २०७९
Hardik health
संसद् बैठकमा उपस्थित भएर विभिन्न विधेयकमाथिको छलफलमा भाग लिनु सांसदहरुको कर्तव्य हो । तर, आफ्नो कर्तव्य बिर्संदै सांसदहरुले संसद् बैठकलाई बेवास्ता गरिरहेका छन् । कतिपय सांसद हाजिर गरेर बैठकमा नबसी बाहिरिने गरेकाले पनि संसद्का अधिकांश कुर्सीहरु खाली हुने गरेका छन् । यसरी सांसदहरुले बैठकलाई बेवास्ता गर्दा गणपूरक संख्या नपुगी संसद् बैठक पटक–पटक स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएको छ । आइतबार प्रतिनिधिसभामा बैठकमा गणपूरक संख्या नपुग्दा दुईपटकसम्म बैठक स्थगित गर्नुपर्‍यो । आइतबारको बैठकमा कारागारसम्बन्धी विधेयकमाथि छलफल सकेपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गर्न लागेका थिए । तर, नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्या यकीन गर्न माग गरे । सभामुखले तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकीन गर्दा नपुगेपछि बैठक नै स्थगित गर्नुपर्‍यो । सभामुख सापकोटाले ‘गणपूरक संख्या नपुगेकाले’ भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरे । प्रतिनिधिसभामा कूल २७५ सांसद रहेका छन् । जसअनुसार गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात् ६९ सांसद अनिवार्य उपस्थित हुनुपर्छ । तर, ६९ सांसद नपुगेपछि बैठक स्थगित गर्नुपरेको थियो । आइतबार १५ मिनेटपछि पुनः बसेको दोस्रो बैठकमा बल्ल ७१ सांसद उपस्थित भए, र कारागारसम्बन्धी विधेयक पारित भयो । आइतबार नै ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६’ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गरेको उक्त विधेयकका केही प्रावधानमा राष्ट्रिय सभाले संशोधन गरेको थियो । सोही संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गर्ने कार्यसूची थियो । उक्त प्रस्ताव स्वीकृतिका लागि पेस गर्न लाग्दा फेरि गणपूरक संख्याको कुरा उठ्यो । सभामुख सापकोटाले पुनः तीन मिनेट घण्टी बजाएर सांसद संख्या यकीन गर्दा ५७ जना मात्र रहेको पाइयो । गणपूरकका लागि आवश्यक ६९ सांसद उपस्थित नभएपछि सभामुख सापकोटाले आइतबारको सबै कार्यसूची स्थगित गरे, र प्रतिनिधिसभाको बैठक दुई दिनका लागि स्थगित गरिदिए ।प्रतिनिधिसभाबाट कुनै पनि प्रस्ताव पारित हुन एक चौथाइ सांसद अनिवार्य उपस्थित हुनुपर्छ । तर, सांसदहरुको गैरजिम्मेवारीपनले गणपूरक संख्या नपुग्ने समस्या संघीय संसद्मा देखिएको छ । त्यसो त सांसदहरुमाथि तलब भत्ता लिन मात्र संसद्मा उपस्थित हुने गरेको आरोप लाग्दै आएको छ । जुन उनीहरुले आफ्नै व्यवहारबाट आइतबार उक्त आरोपलाई पुष्टि गरिदिएका छन् । यसअघि पनि गणपूरक संख्या नपुग्दा सभामुखले संसद् बैठक स्थगित गरेका थिए ।जनताले चुनेर पठाएका सांसदहरु संसद् बैठकमै उपस्थित नहुनु भनेको संसद्प्रति अनुत्तरदायी बन्नु हो । यो भनेको जनताप्रति अनुत्तरदायी बन्नु हो । संसद्बाट पछिल्लो समय धमाधम विधेयकहरु पास हुने क्रम चलिरहेको छ । लामो समयदेखि रोकिएका विभिन्न विधेयकमाथि छलफल गरी पास गर्ने कार्यले तीव्रता पाइरहुदा सांसदहरु बैठकमै अनुपस्थित हुनु विडम्बनापूर्ण हो । यसरी गैरजिम्मेवार बन्ने छुट उनीहरुलाई छैन । राज्यको तलब भत्ता र सुविधा लिने तर अत्यावश्यक विधेयकहरुमाथि छलफल भइरह“दा उपस्थित नहुने प्रवृत्ति ठीक होइन । नागरिकता जस्तो महत्वपूर्ण विधेयक पारित हुँदासमेत प्रतिनिधिसभाका कुर्सीहरु खालीखाली थिए । यस्ता प्रवृत्तिले संसद् र सांसदको औचित्यतामाथि नै प्रश्न उठाएको छ । यो गल्ती फेरि नदोहोर्‍याउन सांसदहरु सचेत बनून् ।
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०९:१९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP