Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नवनियुक्त राजदूतहरुसँग श्रममन्त्रीको छलफल
नवनियुक्त राजदूतहरुसँग श्रममन्त्रीको छलफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ६, २०७९
chalpha;ll
Hardik health
काठमाडौं-  श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले श्रम गन्तव्य मुलुकमा जाने नवनियुक्त नेपाली राजदूतहरुसँग वैदेशिक रोजगारका विषयमा छलफल गरेका छन् । उनले नेपाली कामदारहरुको सुरक्षाका विषयमा चासो व्यक्त गरे । बिहीबार श्रम मन्त्रालयमा साउदी अरेबियाका लागि नवनियुक्त राजदूत नवराज सुवेदी र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङसँग मन्त्री कुँवरले वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको समस्या र सुरक्षाका विषयमा छलफल गरेका हुन् । मन्त्री कुँवरले दुवै राजदूतलाई नेपाली कामदारको कामको ग्यारेण्टी र सुरक्षाका विषयमा विशेष ध्यान दिन आग्रह गरे । ‘यहाँबाट जाने कामदारले उता भनेअनुसार काम नपाउने गुनासाहरु धेरै सुनिन्छन् । पठाउने व्यक्ति वा कम्पनीले उनीहरुलाई ठग्ने गरेका कारण बिचल्लीमा परेका घटनाहरु आइरहन्छन्, यसबारे विशेष ध्यान दिन म आग्रह गर्न चाहन्छु,’ उनले भने । मन्त्री कुँवरले कामदारलाई परेको समस्या समाधानका लागि दुतावासलाई चाहिने आवश्यक सहयोगका लागि मन्त्रालय तयार रहेको बताए । उनले विदेशमा नेपाली कामदारहरुको हुने गरेको मृत्युका विषयमासमेत गम्भीर भएर बुझ्नका लागि राजदूतहरुसँग आग्रह गरे । छलफलमा बोल्दै मन्त्रालयका सचिव एकनारायण अर्यालले विदेशमा कोमामा र अंगभंग भएर उपचार गराइरहेका नेपाली कामदारहरुको उद्धारका लागि सरकार गम्भीर रहेको र दूतावासहरुले सोहीअनुसार काम गर्नुपर्ने बताए । उनका अनुसार अहिले साउदीमा मात्रै २५ जना नेपाली कामदार कोमामा उपचारत रहेका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले गत आर्थिक वर्षमा मात्रै सबैभन्दा बढी साउदी अरेबियामा एक लाख ८८ हजार ३९८ जना नेपाली रोजगारका लागि गएको बताए । उनले साउदीमा कामदार पठाउन नेपाल र साउदी सरकारबीच श्रम सम्झौता नभए पनि विभिन्न माध्यमबाट नेपालीहरु साउदी जाने संख्या ठूलो रहेको जानकारी दिए । छलफलमा बोल्दै साउदीका लागि नवनियुक्त राजदूत सुवेदीले साउदी सरकार र नेपालबीच श्रम सम्झौताका लागि पहल गर्ने बताए । अवैधानिक रुपमा कामदारहरु जाँदा विभिन्न जटिलताहरु रहेकाले दुवै सरकारबीच श्रम सम्झौता भएको खण्डमा त्यो न्यूनीकरण हुँदै जाने उनको भनाइ छ । उनले साउदीमा समस्यामा परेका कामदारहरुको उद्धार र राहातका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । यस्तै दक्षिण अफ्रिकाका लागि नयनियुक्त राजदूत तामाङले दक्षिण अफ्रिकामा नेपाली श्रमिक समस्यामा परेका खबर खासै नआए पनि कामदारहरुका विषयमा आफू सचेत रहेको बताए । उनले दक्षिण अफ्रिकासँगै केन्या, ताञ्जनिया, दक्षिण अफ्रिकामा जेल र अस्पतालमा रहेका नेपालीहरुको उद्धारका लागि पहल गर्ने बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०९:१४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP