Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोटा पूरा नगरेका म्यानपावरलाई नवीकरणमा छुट
कोटा पूरा नगरेका म्यानपावरलाई नवीकरणमा छुट
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ६, २०७९
mantriparisad
Hardik health
काठमाडौं- एक आर्थिक वर्षमा १०० जना कामदार विदेश पठाउन नसकेका म्यानपावर कम्पनीको पनि नवीकरण हुने भएको छ । सरकारले तोकेको मापदण्डअनुसार वर्षभरिमा १०० जना कामदार पठाउन नसक्ने म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्न नपाइने कानुनी प्रावधान भए पनि छुट दिएको हो । मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाउ आदेश जारी गरेर सबै म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुनसक्ने व्यवस्था गरेको छ । सय जना कोटा पुर्‍याउन नसकेका म्यानपावर कम्पनीले पनि नवीकरण गर्न सक्ने सूचना राजत्रपमा पनि प्रकाशित भएको छ । सरकारले कोरोना महामारीका कारण अघिल्लो वर्ष पनि १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने २५० भन्दा बढी म्यानपावर कम्पनीको नवीकरण गरेको थियो । निरन्तर दुई वर्षसम्म १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसकेका म्यानपावर कम्पनी खारेज हुने प्रावधान छ । मन्त्रिपरिषद्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा म्यानपावर कम्पनीले लगातार दुई वर्ष १०० जनाभन्दा कम कामदार पठाएमा कम्पनी नवीकरण गर्न नसकिने प्रावधानलाई बाधा अड्काउ फुकाउमार्फत नवीकरण गर्न आदेश जारी गरेको हो । राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘वैदेशिक रोजगार ऐन २०६४ को दफा १३ को उपदफा (२) को खण्ड (घ) २ अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ गरी दुई वर्षमा वार्षिकरुपमा न्यूनतम १०० जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजत प्राप्त संस्थाको इजाजतपत्र आर्थिक वर्ष २०७९/८० का लागि नवीकरण गर्न आएमा नवीकरण गरिदिने गरी नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ ले दिएको अधिकार प्रयोग गरी बाधा अड्काउ फुकाउने आदेश जारी गरिएको छ ।’ सरकारले गरेको पछिल्लो निर्णयसँगै २०० सयभन्दा बढी म्यानपावर कम्पनी खारेज हुनबाट जोगिएको वैदेशिक रोजगार विभागले जनाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेर राजपत्रमा प्रकाशित भइसकेका कारण कोटा नपुगेका कुनै पनि म्यानपावरको इजाजतपत्र नवीकरण हुनबाट नरोकिने विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए । उनका अनुसार २०० भन्दा बढी म्यानपावर कम्पनी यो सुविधाबाट लाभान्वित हुने छन् । हाल देशभर ८५४ वटा म्यानपावर कम्पनीहरुले सरकारबाट इजाजत पाएका छन् । सरकारले अघिल्लो आर्थिक वर्ष कोरोना महामारीका कारण कोटा पूरा गर्न नसके पनि म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्न अनुमति दिएको थियो । सोही आधारमा आर्थिक वर्ष २०७८/७९ को पनि इजाजतपत्र नवीकरण गर्न पाउनुपर्ने व्यवसायीहरुले माग गर्दै आएका थिए । सरकारले तत्कालका लागि गरेको निर्णयको स्वागत गरे पनि १०० जना कामदार पठाउनैपर्ने व्यवस्था दीर्घकालीनरुपमा हटाउनुपर्ने वैदेशिक रोजगार व्यवसायी संघका संयोजक विमल ढकाल बताउँछन् ।  
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP