Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायल कामदार लैजाने प्रक्रिया पुनः सुरु
इजरायल कामदार लैजाने प्रक्रिया पुनः सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ४, २०७९
Hardik health
काठमाडौं-  झण्डै पाँच महिनादेखि रोकिएको इजरायलमा नेपाली कामदार पठाउने प्रक्रिया पुनः सुरु भएको छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि सम्झौता गरेका नेपाली सहायक कामदारहरुमध्ये १०० जना कामदारको भिसासहित राहदानी काठमाडौंस्थित इजरायल दूतावासको कन्सुलर विभागबाट प्राप्त भएसँगै कामदार पठाउने प्रक्रिया पुनः सुरु भएको हो । गत फागुनपछि इजरायलमा कामदार लैजाने कार्य रोकिएको थियो ।वैदेशिक रोजगार विभागअन्तर्गत इजरायल र जापान शाखाले मंगलबार इजरायल जान भिसा प्राप्त गरेका १०० जना कामदारको सूचीसहित आवश्यक तयारीका लागि सूचना जारी गरेको छ । विभागका अनुसार भिसा प्राप्त गरेको कामदारले यही साउन ८ र ९ गते इजरायल उड्नुपर्नेछ । विभागले भिसा आएका कामदारहरुलाई राहदानी बुझ्न, उडानअनुसार बनाइने भाइबर ग्रुपमा आफ्नो नाम समावेश गराउन र कोभिड–१९ विरुद्धको खोप लगाएको विवरण पेस गर्न साउन ४ गते २ बजे ललितपुरको भैँसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा सम्पर्क गर्न आग्रह गरेको छ । विभागले साउन ८ र ९ गते हुने हवाई उडानका लागि टिकट बुकिङ गर्न सी लिंक होलिडेजमा राहदानीसहित तत्काल सम्पर्क गर्नुपर्ने उल्लेख गरेको छ । इजरायल उडानका लागि सन्राइज बैंकमार्फत भुक्तानी हुनेगरी कामदारले ५९ हजार ९९० रुपैयाँ हवाई भाडा बुझाउनुपर्ने छ । विभागले इजरायलको स्वास्थ्य मन्त्रालयको ५ जुलाइमा आएको पत्रलाई उद्धृत गर्दै इजरायल उड्ने नेपाली कामदारले उडान गर्नुपूर्व ७२ घण्टाभित्र कोभिडको पिसिआर परीक्षण गराउनुपर्ने उल्लेख गरेको छ । उक्त परीक्षणमा रिपोर्ट ‘नेगेटिभ’ आएको अवस्थामा मात्रै इजरायलका लागि उडान गर्न पाइने जानकारी दिइएको छ । कोभिड परीक्षण परिणाम ‘नेगेटिभ’ वा ‘पोजेटिभ’ जे आए पनि सी लिंक होलिडेजलाई जानकारी दिनुपर्नेछ । पीसीआर परीक्षण नेगेटिभ आउनासाथ ग्रिन पासका लागि प्रत्येक कामदारले अनलाइन फाराम भर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ । विभागको इजरायल र जापान शाखाका संयोजक तथा निर्देशक श्रीचन्द्र साहले श्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिन अनिवार्य जीवन बिमा गरेको हुनुपर्ने बताए । उनले यतिमात्र नभई इजरायल जान अनुमति पाएका प्रत्येक नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषको रकम तिरेको हुनुपर्ने जानकारी दिए । यस्तै स्वास्थ्य परीक्षणमा फिट भएका तर वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेइम्स)मा फिट भएको विवरण नजनाइएको पाइएमा कामदारले तत्कालै विवरण अद्यावधिक गराइदिनका लागि सम्बन्धित स्वास्थ्य संस्थालाई अनुरोध गर्नसक्ने साहको भनाइ छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ माघ महिनामा एक हजार नेपाली सहायक कामदार लैजाने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार विभागले आवेदन आह्वान गरेर एक हजार १७५ जनाको अन्तिम सूची निकालेको थियो । जसमध्ये गत पुस र माघमा गरी २९७ जना इजरायल पुगिसकेका छन् । बाँकी रहेका कामदार अहिलेसम्म जान पाएका थिएनन् । बाँकी कामदारमध्ये १०० जनालाई तत्कालै इजरायल जाने अवसर आएको हो । लामो समय रोकिएको कामदार पठाउने प्रक्रिया सुरु भएसँगै विभागले द्रुत गतिमा काम अगाडि बढाएको छ । यसअघि इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीको आन्दोलनका कारण नेपाली कामदार लैजाने प्रक्रिया रोकिएको थियो । यसबारे नेपालस्थित इजरायली दूतावासले कर्मचारीको आन्दोलनका कारण प्रक्रिया अवरुद्ध भएको र चाँडै नै सुरु गरिने नेपाल सरकारलाई जानकारी गराएको थियो । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको इजरायल जाने नेपाली कामदारले मासिक १६ सय अमेरिकी डलर (दुई लाख रुपैयाँ) पारिश्रमिक पाउँछन् ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०८:२६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP