Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • उजुरी दोब्बरले बढ्दा दाबी रकम घट्यो
उजुरी दोब्बरले बढ्दा दाबी रकम घट्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ३, २०७९
baideshik bibhag
Hardik health
काठमाडौं-  गएको आर्थिक वर्षमा वैदेशिक रोजगार विभागमा उजुरीको संख्या दोब्बरभन्दा बढीले बढ्दा दाबी रकम भने घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७८/७९ मा एक हजार ७४२ उजुरी दर्ता भएको विभागले जानकारी दिएको छ । उक्त संख्या आव २०७७/७८ को तुलनामा ९६२ ले बढी हो । उक्त आवमा ७८० वटा उजुरी दर्ता भएका थिए । वैदेशिक रोजगारीसँग सम्बन्धित उजुरीहरु विभागमा दर्ता हुने गरेको छ । यस्ता उजुरीमाथि विभागले आवश्यक कारबाही गर्ने गर्दछ । गत आवमा दर्ता भएका उजुरीमाथि छानबिन गरी विभागले ८७ वटा मुद्दा अदालतमा दायर गरेको जनाएको छ । यसैगरी ४१५ वटा उजुरीमा मिलापत्र भएको तथ्यांक विभागले सार्वजनिक गरेको छ ।विभागका अनुसार गत आवमा कूल ६५ करोड ७१ लाख ५८ हजार ७६० रुपैयाँ बराबर रकम ठगी भएको भन्दै विभागमा दाबी परेको थियो । जसमध्ये धरौटी र मिलापत्रबाट ३१ करोड ७९ लाख १८ हजार ६८५ रुपैयाँ रकम पीडितलाई फिर्ता गराइएको विभागले जानकारी दिएको छ । यसैगरी २२ करोड ६८ लाख ९४ हजार ४५० रुपैयाँ रकम अदालतमा बिगो मागदाबी गरिएको छ ।विभागमा परेको दाबी रकम भने अघिल्लो आवको तुलनामा घटेको पाइएको छ । आव २०७७/७८ मा कूल एक अर्ब ३१ करोड ५४ लाख ९५ हजार २०९ रुपैयाँ ठगीको दाबीसहित विभागमा उजुरी परेको थियो । आव २०७८/७९ मा यस्तो दाबी ६५ करोड ७१ लाख ५८ हजार ७६० रुपैयाँ मात्रै परेको हो । आव २०७७/७८ मा दाबी परेकोमध्ये २१ करोड सात लाख ३५ हजार १२० रुपैयाँ धरौटी तथा मिलापत्रबाट भराइएको थियो । यस्तै, १७ करोड ९२ लाख ५२ हजार ३७० रुपैयाँ बिगो कायम गरी अदालतमा मुद्दा दायर गरिएको थियो । गत आवमा अघिल्लो आवको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या पछिल्लो पाँच वर्षयताकै उच्च कायम भएको विभागको तथ्यांकमा उल्लेख छ । आव २०७७/७८ को तुलनामा आव २०७८/७९ मा चार लाख ६१ हजार ८०५ जना बढी वैदेशिक रोजगारीमा गएका थिए । पछिल्लो आवमा वैदेशिक रोजगारीमा जान कूल छ लाख २८ हजार ५०३ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  ०९:०२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP