Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियामा कामदारको अभाव हुने संकेत
मलेसियामा कामदारको अभाव हुने संकेत
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २, २०७९
Hardik health
काठमाडौं-  मलेसियामा पछिल्लो समय विदेशी श्रमिकहरुको अभाव हुने संकेत देखिएको छ । मलेसियाको स्थानीय सञ्चारमाध्यम मलेमेलका अनुसार मलेसियाले छिट्टै कामदारको अभाव खेप्नुपर्नेछ । केही क्षेत्रमा अहिले नै कामदारको अभाव देखिएको छ । मलेसियाले कोभिड–१९ महामारीका कारण विदेशी कामदार भित्र्याउन नपाएको उल्लेख गरिएको छ । कामदारको अभावकै कारण विदेशी लगानीकर्ताहरुले मलेसियामा लगानीमा ध्यान नदिएको भन्दै त्यहाँका अर्थशास्त्रीहरुले पनि समयमै यसमा ध्यान दिन मलेसिया सरकारलाई सुझाव दिएका छन् । मलेमेलमा जनाइएअनुसार अहिले नै कृषि तथा खाद्यान्नसँग सम्बन्धित फार्म तथा उद्योगमा विदेशी कामदारको अभाव देखिएको छ । कोभिडका कारण प्रभावित बनेको त्यहाँको कृषि क्षेत्रमा विस्तारै सुधार आउन थाले पनि अहिले कामदारको अभावले गति लिन नसकेको बताइएको छ । फिलिपिन्स, इण्डोनेसिया, भियतनामलगायत मुलुकबाट आउने कामदारहरुको संख्यामा पनि भारी कटौती भएको समाचारमा उल्लेख छ । ती मुलुकमा रोजगारीको अवसरमा सिर्जना भएका कारण मलेसिया आउने कामदारको संख्यामा कमी भएको बताइएको छ । त्यस्तै मलेसिया सरकारले गत मे १ देखि स्वदेशी र विदेशी दुवै श्रमिकलाई दिने पारिश्रमिक बढाएका कारण पनि विदेशी कामदारको संख्यामा कमी आएको बुझिएको छ । पारिश्रमिक वृद्धिका कारण रोजगारदाता कम्पनीहरुले चाहेअनुरुप विदेशी कामदार ल्याउन सकेका छैनन् । यसले पनि विदेशी कामदारको अभाव खड्किने विज्ञहरुले बताएका छन् । मलेसियाले स्वदेशी तथा विदेशी कामदारलाई मासिक १५ सय रिंगिटभन्दा तल तलब दिएर काममा राख्न नपाइने नीति अवलम्बन गरेको छ । विदेशी कामदारहरुको आकर्षक गन्तव्य मानिँदै आएको मलेसियामा आर्थिक विकासले फड्को मारेको छ । नेपालीहरुको श्रम गन्तव्य मुलुकहरुमध्ये मलेसिया एक प्रमुख देश हो । गएको आर्थिक वर्ष २०७८/७९ मा ३५ हजार ४४१ जना नेपाली मलेसिया गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । मलेसियाले मागअनुसार नेपालबाट कामदार लैजान सकेको छैन । मलेसिया विदेशी लगानीकर्ता र विदेशी श्रमिक दुवैका लागि आकर्षक गन्तव्य भए पनि पछिल्लो समय गिरावट आएको म्यानपावर व्यवसायीको भनाइ छ ।  
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०८:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP