Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नवनियुक्त श्रममन्त्री कुँवरको प्रतिबद्धता ‘वैदेशिक रोजगारलाई व्यवस्थित बनाउँछु’
नवनियुक्त श्रममन्त्री कुँवरको प्रतिबद्धता ‘वैदेशिक रोजगारलाई व्यवस्थित बनाउँछु’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १४, २०७९
काठमाडौं- नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन काम गर्ने बताएका छन् । सोमबार राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर आफ्नो कार्यभार सम्हालेका मन्त्री कुँवरले उक्त प्रतिबद्धता जनाएका हुन् । उनले देशभित्र रोजगारी सिर्जना गर्न र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न आफ्नो ध्यान केन्द्रित हुने बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्गठन गरेको मन्त्रिपरिषद्मा नेकपा एकीकृत समाजवादीका नेता कु“वरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका हुन् । एकीकृत समाजवादीले यसअघि सरकारमा रहेका आफ्ना चारजना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गरेको थियो । सोहीअनुसार प्रधानमन्त्री देउवाले आइतबार मन्त्रीमण्डल विस्तार गरेका थिए । यसअघि कृष्णकुमार श्रेष्ठ रहेको श्रम मन्त्रालयमा कु“वरलाई जिम्मेवारी दिइएको हो । मन्त्री कु“वरले जनताका लागि सम्झनायोग्य काम गर्ने र सोहीअनुरुप गतिविधि अगाडि बढाउने बताए । राजनीतिक दौरानको ३० वर्ष जनता र श्रमिकहरूसँग बिताएको भन्दै उनीहरुको पीरमर्का नजिकबाट बुझेको उनको भनाइ छ । उनले आफूबाट श्रमजीवि जनताको अपमान गर्ने गरी कुनै हुने काम नहुने प्रतिबद्धता जनाए । मन्त्री कुँवरले आर्थिक वर्ष २०७९/८० का लागि निर्धारित लक्ष्य हासिल गर्न अख्तियार गरिएका कार्यक्रमका कार्ययोजना पहिलो निर्णयका रुपमा स्वीकृत गरे । उनले यसअघिको नेतृत्वले थालेका सुधारका योजनालाई पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । मन्त्री कुँवरले पार्टीले दिएको जिम्मेवारी र श्रमिकको हकहितका लागि सबै पक्षस“ग सहकार्य गर्ने बताए । ‘देशभित्र कसरी रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीलाई कसरी व्यवस्थित बनाउने भन्नेमा मेरो ध्यान जानेछ,’ उनले भने, ‘श्रमजीवि जनताको भलाइका लागि सबै पक्षसँग मिलेर सहकार्य गर्न तयार छु ।’ कामदारका समस्या सुन्न श्रमिकका घर आँगनमा पुग्ने मन्त्री कुँवरले बताए । उनले श्रमिकका पक्षमा र रोजगारी सिर्जना गर्ने काममा सक्दो प्रयास गर्ने बताए । श्रम तथा रोजगारीका क्षेत्रमा राजनीतिकर्मीका रुपमा नभई फरक ढंगले काम गर्ने योजना रहेको मन्त्री कुँवरले सुनाए । मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘हामी सबै जनताका सेवक हौँ । जनताको सेवाका लागि विचलित नभई एकै ठाउँमा उभिएर काम गर्नुपर्छ, हामीले आफ्नो कर्तव्य भुल्नु हुँदैन ।’

को हुन् श्रममन्त्री कुँवर ? प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिपरिषद्मा श्रममन्त्रीको जिम्मेवारी पाएका कुँवर विद्यार्थीकालदेखि नै कम्युनिस्ट राजनीतिमा लागेका व्यक्ति हुन् । अछाम जिल्लाको साविक पायल गाविस–५ मा २०२३ वैशाख २६ गते कु“वरको जन्म भएको हो । उनी पाँच दाजु र तीन दिदीहरूमध्ये कान्छो हुन् ।

तत्कालीन माओवादी जनयुद्धमासमेत एमालेलाई जिल्लामा स्थापित गराउन उनले सक्रिय भूमिका खेलेका थिए । २०३९ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुबाट औपचारिक राजनीतिमा होमिएका उनी हालसम्म निरन्तर कम्युनिस्ट राजनीतिमा सक्रिय छन् । उनले पटक–पटक पार्टीको जिल्ला तहको नेतृत्व सम्हालेका छन् ।

उनले २०६२ मा तत्कालीन एमालेको जिल्ला कमिटी सचिव, ०६९ मा एमाले जिल्ला कमिटी अध्यक्ष, २०७६ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको जिल्ला कमिटी अध्यक्ष र नेकपा विभाजनपछि २०७८ मा एकीकृत समाजवादीको पहिलो जिल्ला कमिटी अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।

Hardik health

उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । नेता कु“वर २०७४ मा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए ।हाल उनी एकीकृत समाजवादीको प्रदेश कमिटी उपाध्यक्ष, सुदूरपश्चिम प्रदेश संगठन विभाग प्रमुख तथा केन्द्रीय संगठन विभाग सदस्य रहेका छन् ।

अछामको राजनीतिमा भीम रावलको विश्वासपात्र मानिने कुँवर नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीमा लागेर श्रममन्त्री बन्न सफल भएका छन् । देउवा नेतृत्वको वर्तमान सरकारमा कानुनमन्त्री गोविन्द्रप्रसाद शर्मा (कोइराला)पछि दोस्रो गैरसांसद मन्त्री बनेका छन् ।


प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP