Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जेठमा करिब ५८ हजारले लिए श्रम स्वीकृति
जेठमा करिब ५८ हजारले लिए श्रम स्वीकृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ९, २०७९
Bairo data
Hardik health
काठमाडौं- वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या पछिल्लो समय बढ्न थालेको छ । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार रोजगारीका लागि विदेशिने नेपालीको संख्या उल्लेख्य बढेको पाइएको हो । दुई वर्षभन्दा बढी कोभिड–१९ महामारीका कारण थला परेको वैदेशिक रोजगारको क्षेत्रमा गत वर्षदेखि सुधार हुन थालेको थियो । कोरोनाविरुद्धको खोप प्रयोगमा आएसँगै विस्तारै यो क्षेत्र लयमा फर्कन थालेको हो । चालु आर्थिक वर्षको सुरुआतबाट वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्यामा क्रमशः सुधार हुँदै आएको विभागको तथ्यांकमा देखिन्छ । विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ५७ हजार ७८३ जनाले वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिएका छन् । यसभन्दा अघि अर्थात् वैशाख महिनामा ४४ हजार ३३३ जनाले पहिलो श्रम स्वीकृति लिएका थिए । यो तथ्यांकले वैशाखमा भन्दा जेठमा वैदेशिक रोजगारीका लागि जानेको संख्या ३०.३३ प्रतिशतले बढेको देखाउ“छ । जेठ महिनामा पहिलो श्रम स्वीकृति लिनेमा ५० हजार २६९ जना पुरुष र सात हजार ५१४ जना महिला रहेको विभागले जानकारी दिएको छ । यसरी श्रम स्वीकृति लिनेहरुले युरोप र खाडी मुलुकलाई प्रमुख श्रम गन्तव्य बनाएका छन् । सबैभन्दा बढी श्रम स्वीकृति मलेसिया रोजगारीमा जाने श्रमिकले लिएका छन् । विभिन्न म्यानपावरमार्फत रोजगारीका लागि मलेसिया जान जेठ महिनामा १९ हजार २३८ जनाले पहिलो श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ । त्यसैगरी कुवेतमा रोजगारीमा जानका लागि आठ हजार ४९३ जना, युएईका लागि आठ हजार ५१ जना, साउदी अरेबियाका लागि छ हजार १५८ जना, कतारका लागि पाँच हजार २३६ जना, रोमानियाका लागि दुई हजार २३२ जना, बहराइनका लागि एक हजार २६२ जनाले पहिलो श्रम स्वीकृति लिएका छन् । यस्तै, ओमानका लागि ४०६ जना, साइप्रस जानका लागि ४०० जना, बु्रनाइ २१५ जना, मौरिससका लागि १५०, जापान ६९ जना, अल्बानिया ५५ जना, जोर्डन आठ जनाले पहिलो श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।विभागका अनुसार रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने २९ हजार ३८२ जना रहेका छन् । जसमा पुरुष २६ हजार ३९ जना र महिला तीन हजार ३४३ जना अन्तिम स्वीकृति पाएका छन् । अन्तिम श्रम स्वीकृति लिएका कामदारहरुमा दक्ष, अर्धदक्ष, पेसागत, सीप भएका र सीप नभएका कामदारहरुको संख्या ६२ हजार ३४९ रहेका छन् । जसमा ५६ हजार ५७७ जना पुरुष र पा“च हजार ७७२ जना महिला रहेका छन् । विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७०, फागुनमा ५३ हजार ४५७, चैतमा ५५ हजार ५२३ र वैशाखमा ४४ हजार ३३३ जनाले श्रम स्वीकृति लिएका थिए ।
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  ०७:५२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP