Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारलाई प्राथमिकतामा दिनुपर्ने बाध्यता
वैदेशिक रोजगारलाई प्राथमिकतामा दिनुपर्ने बाध्यता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ५, २०७९
KRISHNA KUMAR SHRESTHA LABOUR MINISTER
Hardik health
काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अझै केही वर्ष वैदेशिक रोजगारीलाई प्राथमिकता दिनुपर्ने बाध्यता रहेको बताएका छन् । आप्रवासी महिला कामदार समूह (आमकास नेपाल)ले अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवसको अवसरमा राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकमै रोजगारी सिर्जना गर्न नसकेका कारण युवाहरु विदेशिनुपर्ने अवस्था रहेकोले अझै केही वर्ष वैदेशिक रोजगारीलाई नै प्राथमिकता दिनुपर्ने बताएका हुन् । नेपाली युवा जनशक्तिलाई सधैं वैदेशिक रोजगारमा पठाएर उपलब्धि हासिल गर्न नसकिने भन्दै मन्त्री श्रेष्ठले मुलुकमै रोजगारी सिर्जना गर्नुपर्ने चुनौती रहेको बताए । उनले भने, ‘वैदेशिक रोजगारीको विकल्प भनेकै स्वदेशमा रोजगारी सिर्जना गर्नु हो । तर, अहिले नै हामी रोजगारी सिर्जना गर्न सक्ने अवस्थामा छैनौं । यस्तो परिस्थितिमा अझै केही वर्ष वैदेशिक रोजगारीलाई उपयोग गर्नुपर्ने अवस्था कायमै छ ।’ घरेलु श्रमिकका रुपमा काम गर्न विदेश जाने नेपालीहरु, अझ त्यसमाथि महिलाहरुको अवस्था झन् दयनीय र कठिन अवस्थाबाट गुज्रिरहेको मन्त्री श्रेष्ठले उल्लेख गरे । उनले वैदेशिक रोजगारमा पहिलेदेखि घरेलु मात्र नभई अन्य क्षेत्रमा पनि ठूलो संख्यामा अदक्ष श्रमिक जाने गरेको बताए । मन्त्री श्रेष्ठले सीप जानेर होस् वा नजानेर जस्तोसुकै अवस्थामा वैदेशिक रोजगारीको लागि जाने श्रमिकले दुःख पाउनु भएन, ठगिनु भएन भन्ने उद्देश्यका साथ सरकारले श्रम नीतिमा नै पुनरवलोकन गर्न लागिएको बताए । ‘सरकारले श्रमिकको पक्षमा हुनेगरी काम गरिरहेको छ,’ उनले भने, ‘सुधारका प्रयासहरु भइरहेका छन्, वैदेशिक रोजगारमा जानेहरुलाई दक्ष बनाएर पठाउन सके व्यक्ति र मुलुक दुवैलाई फाइदा हुन्छ, हाम्रो श्रमको मूल्य पनि बढ्छ ।’ युवाहरुलाई वैदेशिक रोजगारमा जाने मात्र नभई आफूले सिकेको सीपलाई स्वदेश फर्किएपछि उपयोग गर्न मन्त्री श्रेष्ठले आग्रह गरे । बिचौलियाको परिबन्दमा परेर गैरकानुनी बाटो हु“दै विदेशमा पुगेर अलपत्र परेका, ठगिएका घरेलु महिला कामदाहरुको सहयोग र उद्धारका लागि समन्वयकारी भूमिका निर्वाह गरेको भन्दै मन्त्री श्रेष्ठले आमकास नेपालको प्रशंसा गरे ।कार्यक्रममा महिला आयोगकी सदस्य कृष्णकुमारी खतिवडाले घरेलु श्रमिकको रुपमा विदेश पुग्ने महिलाहरु बढी असुरक्षित रहेको बताइन् । उनले सुरक्षाको प्रत्याभूतिसहित घरेलु श्रमलाई मर्यादित बनाउन सरकारले आवश्यक तयारी गर्नुपर्ने धारणा व्यक्त गरिन् । कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता दानबहादुर मल्लले घरेलु श्रमिकका रुपमा काम गर्न जान बन्देज लगाएपछि अवैधानिक बाटो भएर जानेहरुको संख्या बढेको र त्यसरी जानेहरु नै बढी समस्यामा परेको बताए । उनले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन सबैले पहल गर्नुपर्ने धारणा राख्दै विदेश जान चाहनेहरुलाई वैधानिक बाटो प्रयोग गर्न आग्रह गरे ।  
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १३:५३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP