Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सीमाका बारेमा भारतसँग वार्ता गर
सीमाका बारेमा भारतसँग वार्ता गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २५, २०७६
Hardik health
सीमाका कारण नेपाल र भारतबीच सधैँ मनमुटाब हुँदै आएको छ । भारतले सधैँ सीमा मिचिरहने तर नेपालीहरू त्यसको विरोध गर्ने काम भइरहेको छ । नेपालीहरूले जत्तिसकै विरोध गरे पनि यसको सुनुवाइ हुने गरेको छ । भारतले नेपाली सीमा मिचेपछि केही दिन नेपाली उफ्रिरहने तर सरकारको तहबाट केही पहल नभएपछि त्यत्तिकै सेलाउँदै आएको छ । आजसम्म भारतले मिचेको नेपाल भूमि फिर्ता गरेकोे इतिहास नै छैन । तर, पनि नेपालीहरू आफ्नो भूमिको पक्षमा बोल्दै आएका छन् । तर, दुर्भाग्य नेपाली नेताहरू भने भारत सामु हड्डी कुरेझैँ गरी आफूलाई सत्तामा चढाउन बिन्ति गरिरहेका छन् । भारतको सामु बोल्न नसक्ने नामर्द ठूला दलका नेताहरूका कारण नेपाल भन्ने नक्सा कुनै दिन भारतमा विलय हुन बेर नलाग्ने भएको छ । बेलायतबाट स्वतन्त्र भएसँगै भारतले नेपाली भूमिमाथि धावा बोल्दै आएको छ । उसले केही नेपाली ठूला नेता, केही ठूला कर्मचारी र नेपाली पत्रकारहरूलाई किनेर नै नेपालमा आफ्नो दादागिरी चलाइरहेको छ । नेपाली भूमिमाथि अनेकौँ तरिकाले मिच्ने काम भारतले छाडेको छैन । रातारात दशगजा क्षेत्रको सीमा नेपालतिर सार्ने, नेपाली भूमिमा सिधै क्याम्प बनाउने काम गरिरहेको छ । नेपालीहरूले विरोध गरेको अवस्थामा गोली नै हानेर मार्ने काम पनि भइरहेको छ । केही वर्षअघि भारतले नेपाली सीमा मिचेको भनेर विरोध गर्ने क्रममा पश्चिममा गोविन्द गौतममाथि गोली हानेर हत्या गरियो । यसको क्षतिपूर्ति अन्ततः नेपालले नै दिनुपरेको थियो । सो सीमा सारिएको छैन, अझै भारतले नेपाली भूमिमाथि कब्जा जमाएकै छ । नेता, कर्मचारी र पत्रकारहरू बिक्दा अन्ततः भारतले नेपालमाथि बलात्कार गरिरहँदा पनि उनीहरू रमिते भएर बसेका छन् । भारतको गुलामीमा ध्यान दिने नेताहरू सरकारमा पुग्न । पुग्नेबित्तिकै भारतको तलुवा चाट्नसम्म अघि सर्दै आएका छन् । भारतले मिचेको नेपाली भूमि फिर्ता गर्नका लागि कुरा गर्न सक्दैन । सरकारले सर्वदलीय बैठकको नाटक गरेको छ । तर, उसले भारतसँग बोल्नै सक्दैन । तर, उसैले चुनावताका भारतलाई गाली गर्न पछि पर्दैन । सर्वदलीय बैठकले कूटनीतिक पहल गर्ने निर्णय गरेको छ । तर, के नेपाल सरकारले भारतसँग सीमा मिचिएको कुरा गर्न सक्ला ? सक्दैन, किनभने उ भारतकै कारण सरकारमा अडिएको छ । भारतले चाहने हो भने अहिले नै सरकार उडाउने हैसियत राख्छ, नेपाली नेताहरूमा राष्ट्रप्रति माया छैन, सत्ता पाए पुग्छ । नेपाल सार्वभौम मुलुक हो, नेपाल पनि भारतझैँ एक मुलुक भएकाले आफ्नो सीमा मिचिएको कुरा राख्ने हैसियत राख्न सक्नुपर्छ । भारतलाई सीमा छाडेर जान भन्न सक्नुपर्छ । यसका लागि आजबाट नै वार्ता गर्न सक्नुपर्छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  ०८:१४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP