Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रमिकको गुनासो सम्बोधन गर्न श्रममन्त्रीको निर्देशन
श्रमिकको गुनासो सम्बोधन गर्न श्रममन्त्रीको निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २२, २०७९
KRISHNA KUMAR SHRESTHA LABOUR MINISTER
Hardik health
काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकको समस्या र गुनासो सम्बोधन गर्न गन्तव्य मुलुकका श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम गन्तव्य मुलुकमा काम गरिरहेका श्रमिकका समस्या र गुनासो सम्बोधन गर्न उक्त निर्देशन दिएका हुन् । साउदी अरब, युएई, बहराइन र कतारका लागि नियुक्त भएका काउन्सिलर(श्रम) र श्रम सहचारीहरुको अभिमुखीकरण कार्यक्रमको समापनका अवसरमा मन्त्री श्रेष्ठले श्रमिकहरु दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो रहेको बताउँदै श्रमिकका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्न निर्देशन दिए । श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगार दाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर र श्रम सहचारीहरुले भूमिका खेल्नु पर्नेमा मन्त्री श्रेष्ठले जोड दिए । सोही कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले काउन्सिलर र श्रम सहचारीहरु विदेशी कानुन तथा आप्रवासी कामदारको मुद्दाबारे जानकार हुनुपर्ने बताए ।अभिमुखीकरणमा वैदेशिक रोजगार व्यवस्थापन प्रणाली, श्रम आप्रवासन, द्विपक्षीय श्रम सम्झौता, श्रम कूटनीति, वैदेशिक रोजगारसम्बन्धी कानुनलगायतका विषयमा विज्ञहरुले प्रशिक्षण दिएका थिए । श्रम गन्तव्य मुलुकहरुमा कामदारको सहयोगका लागि श्रम सहचारी राख्न सकिने कानुनी व्यवस्था अनुसार मन्त्रालयले साउदी अरबको राजधानी रियादको काउन्सिलरमा देवेन्द्र कार्की र युएईका लागि दीनबन्धु सुवेदी तथा बहराइनको श्रम सहचारीमा जमुना काफ्ले र कतारका लागि कृष्ण पौडेललाई नियुक्त गरेको छ । काउन्सिलर तथा सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ बमोजिम मूल्यांकनबाट मन्त्रीस्तरीय निर्णयले सिफारिस गरिएको हो । मन्त्रालयले माघ १९ गते सूचना प्रकाशित गर्दै ‘काउन्सिलर तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३’ अनुसार आवेदन माग गरेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP