काठमाडौं- नेपालमा सञ्चालनमा रहेका ठूला, मझौला तथा साना उद्योगहरूमा काम गर्ने भारतीय कामदारले वर्षेनी रेमिटेन्स लाने गरेका छन् । नेपालको छाला तथा जुत्ता उद्योगमा काम गर्ने भारतीय कामदारले वर्षेनी १५ अर्बको हाराहारीमा रेमिटेन्स रकम भारत लैजाने गरेका छन् ।
नेपालमा सञ्चालनमा रहेका करिब १५ सयको हाराहारीका ठूला, मझौला तथा साना छाला, जुत्ता तथा चप्पल उद्योगहरूमा काम गर्ने भारतीय कामदारले वर्षेनी सो रकम भारत लैजाने गरेको फुटवेयर म्यानुयाक्चर एसोसिएसनले जनाएको छ ।
यस उद्योगमा काम गर्ने भारतीय कामदारहरूले मासिक न्यूनतम ४० हजार देखि सवा लाखसम्म कमाउने गरेका छन् । नेपालका छाला जुत्ताजन्य उद्योगमा मात्र ६० देखि ७० प्रतिशतको हाराहारीमा भारतीय कामदारहरूले काम गर्ने गरेका छन् । यस उद्योगमा नेपाली कामदारहरू ३० प्रतिशत मात्र रहेका छन् ।
यस उद्योगमा नेपाली कामदारको सङ्ख्या निकै कम रहेको छ । ३० देखि ४० हजार मासिक कमाइका लागि नेपाली युवाहरू रोजगारीका लागि खाडी मुलुक जाने गरेको नेपाल फुटवेयर म्यानुयाक्चर एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ १३:०२