काठमाडौं- कतारको दोहास्थित नेपाली राजदूतावासले यही मे ५ सम्म आवेदन दिएका व्यक्तिहरुको विद्युतीय राहदानी (ई–पासपोर्ट) तयार भएको जनाएको छ । राजदूतावासले मंगलबार सूचना जारी गरी उक्त जानकारी दिएको हो ।
राजदूतावासले मे ५ सम्म आवेदन दिएका एक हजार ४४४ जनाको ई-पासपोर्ट वितरणका लागि तयार भएको जनाएको छ । राजदूतावासले ई-पासपोर्ट तयार भएका व्यक्तिहरुको सूचीसमेत प्रकाशन गरेको छ । सूचीमा परेका व्यक्तिहरुलाई ई-पासपोर्ट लिनका लागि दूतावासमा आउन आग्रह गरेको छ ।
यसैगरी गत फेब्रुअरी ३ सम्म आवेदन दिएकामध्ये ४५ जनाले एमआरपी पासपोर्ट लिन नआएको जनाउ“दै राजदूतावासले सम्बन्धित व्यक्तिहरुलाई एमआरपी पासपोर्ट लिन आग्रह गरेको छ ।
पासपोर्ट लिनका लागि राजस्व तिरेको रसिद र पुरानो राहदानीसहित आवेदक स्वयं उपस्थित हुनुपर्ने राजदूतावासले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ १२:०२