Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतारमा करिब १९ हजार श्रमिक लैजान मागपत्र प्रमाणीकरण
कतारमा करिब १९ हजार श्रमिक लैजान मागपत्र प्रमाणीकरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २७, २०७९
-EX-wDQBBQLecFtdS2PSSL3j06B-_zkXiTPh09o-l4s
Hardik health
काठमाडौं- नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुकमध्येको एक कतारमा चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैत मसान्तसम्म)मा करिब १९ हजार श्रमिक लैजान मागपत्र प्रमाणीकरण भएका छन् । कतारस्थित नेपाली राजदूतावासले सार्वजनिक गरेको विवरणअनुसार समूहगततर्फ १८ हजार ८८० कामदारका लागि एक हजार १९२ वटा मागपत्र प्रमाणीकरण गरिएको हो । यसमा १६ हजार ९५६ पुरुष र एक हजार ९२४ महिला कामदार रहेका छन् ।तेस्रो त्रैमासमा प्रमाणीकरण भएका मागपत्र र कामदार संख्या दुवै दोस्रो त्रैमासको तुलनामा घटेका छन् । तेस्रो त्रैमासमा प्रमाणीकरण भएका मागपत्र संख्या ६८ र कामदार संख्या एक हजार १७३ जनाले घटेका हुन् । यस्तो संख्या दोस्रो त्रैमासबाटै क्रमशः घट्दै आएको देखिन्छ । दोस्रो त्रैमास अर्थात् कात्तिकदेखि पुस मसान्तसम्म २० हजार ५३ जनाका लागि एक हजार २६० वटा मागपत्र प्रमाणीकरण भएका थिए । यस्तै पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) २८ हजार ५२६ जना कामदारका लागि एक हजार ४७९ वटा मागपत्र प्रमाणीकरण भएको तथ्यांक छ । यससागै चालु आवको नौ महिनामा कतारस्थित नेपाली राजदूतावासले कूल ६७ हजार ४५९ कामदारका लागि मागपत्र प्रमाणीकरण गरेको छ । तेस्रो त्रैमासमा व्यक्तिगत मागपत्र प्रमाणीकरण संख्या भने बढेको छ । माघदेखि चैत मसान्तसम्मको अवधिमा ८५९ जनाको व्यक्तिगत मागपत्र प्रमाणीकरण भएको कतारस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । पहिलो र दोस्रो त्रैमासमा क्रमशः ३७९ र ४५८ जनाको व्यक्तिगत मागपत्र प्रमाणीकरण भएका थिए । यसैगरी तेस्रो त्रैमासको अवधिमा ११६ जना घरेलु कामदारको पुनः श्रम स्वीकृतिको लागि सिफारिस गरिएको छ । यस्तो संख्या पहिलो र दोस्रो त्रैमासमा क्रमशः १३७ र ९९ रहेको थियो । तीन महिनामा ३५ शव नेपाल ल्याइयो कतारबाट पछिल्लो तीन महिनाको अवधिमा ३५ जना नेपालीको शव नेपाल ल्याइएको छ । कतारस्थित नेपाली राजदूतावासले माघदेखि चैत मसान्तसम्मको अवधिमा उक्त संख्यामा शव नेपाल पठाएको विवरण सार्वजनिक गरेको हो । यसअघि पहिलो (साउन–असोज) र दोस्रो (कात्तिक–पुस) त्रैमासमा क्रमशः ४२ र ३७ जनाको शव नेपाल पठाइएको दूतावासले उल्लेख गरेको छ । यससँगै चालु आर्थिक वर्षको नौ महिना (चैत मसान्तसम्म) कतारबाट कूल ११४ जना नेपालीको शव नेपाल भित्रिएका छन् । दुर्घटनालगायत विभिन्न कारण मृत्यु भएका नेपालीहरुको शव दूतावासको पहलमा नेपाल ल्याइएको हो । उक्त अवधिमा परिवारको सहमतिमा कतारमै अन्त्येष्टि गरिएको संख्या भने शून्य रहेको दूतावासले जनाएको छ । साढे ३७ सय ई–पासपोर्ट वितरण चालु आवको तेस्रो त्रैमासमा कतारस्थित नेपाली राजदूतावासबाट तीन हजार ७६७ वटा एमआरपी÷ई–पासपोर्ट वितरण गरिएको छ । राजदूतावासका अनुसार गत माघदेखि चैत मसान्तसम्म उक्त संख्यामा ई–पासपोर्ट वितरण गरिएको हो । साथै, सो अवधिमा चार हजार १९७ एमआरपी/ई–पासपोर्टका लागि लाइभ इनरोलमेण्ट गरिएको राजदूतावासले जानकारी दिएको छ । ई–पासपोर्टको वितरण तेस्रो त्रैमासबाट मात्र वितरण सुरु गरिएको हो । चालु आवको पहिलो त्रैमासमा तीन हजार ९५ वटा एमआरपी वितरण गरिएको थियो भने तीन हजार ३१२ एमआरपी लाइभ इनरोलमेण्ट गरिएको थियो । यसैगरी दोस्रो त्रैमासमा तीन हजार ३७५ वटा एमआरपी वितरण तथा तीन हजार ४२४ एमआरपी लाइभ इनरोलमेण्ट गरिएको कतारस्थित राजदूतावासले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  ०१:५९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP