काठमाडौं- नेपालीहरूको प्रमुख श्रम गन्तव्यमध्येमा पर्ने कतारमा अवैधरूपमा बसेकाहरूलाई वैध हुन दिएकोे समय सकिएको छ ।
कतारको आवासीय नियम र कामसम्बन्धी भिसाको नियम उल्लंघन गरी बसेका श्रमिकका लागि बसाँई वैधानिक बनाउने समय सकिएको हो ।
कतारको आन्तरिक मन्त्रालयले गैरकानुनीरूपमा कतारमा बसोबास गरिरहेका आप्रवासी श्रमिकलाई आङ्खनो बसाँई्लाई वैधानिक बनाउनका लागि अप्रिल ३० सम्मको समय दिएको थियो ।
यो समय शनिबारदेखि सकिएको कतारमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासले विज्ञप्ति जारी गरी गैरकानुनीरूपमा बसोबास गरिरहेकाहरूलाई वैध हुनका लागि आग्रह गरेको थियो ।
बारम्बार वैधानिक हुनका लागि आग्रह गर्दै समय थप गरिरहेको कतारले पुनः थप गर्छ वा गर्दै भन्ने विषयमा अहिले नै कुनै जानकारी नभएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९ १०:५३